एक्स्टिङगुसरको अभाव, भएकै पनि प्रभावहिन

  • admin March 19, 18 9:29 am
  • Comments
  • 330 Views

सुरेश सुवेदी

पुसको पहिलो साता वीरगन्जको सुपर ग्यास उद्योगमा आगलागी निभाउन गएको दमकल जल्यो । २ जना अग्नीनियन्त्रक नै बेपत्ता भए । दर्जन बढी घाइते भए । करोडौको धन माल नष्ट भयो ।

काठमाण्डौं स्थित फिल्याण्ड राजुताबासमा आगो निभाउन एक्स्टिङगुसर प्रयोग गरियो तर कामै गरेन । ४ के. जी.का २ सिलिण्डर एक्स्टिङगुसर सकियो, तैपनि आयो दन्किन रोकिएन ।

आगो अनिवार्य शक्ति हो, नभै हुदैन तर अनियन्त्रित भयो भने यसले धेरैको अन्त्य गर्छ । मुलुकभर दमकल संख्या ७१ वटा मात्र छन् । त्यसमा पनि पर्याप्त व्यावस्था नहुनु अत्यन्त जोखिमपूर्ण अवस्था देखिन्छ । गृहमन्त्रालयअन्तर्गत राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रको प्रोफाइल चित्रमा पनि लेखिएको छ, ‘नेपालमा आवासीय उद्देश्यका लागि बनाइएका घरहरू एकै किसिमका छन् जसमा आगोले समात्ने र तुरून्त फैलिने जोखिम सधैं रहन्छ ।’

उक्त सचेतना सामाग्रीमा सुख्खा मौसममा आगलागीका बढी घटना हुने उल्लेख गर्दै विशेषगरी मध्यपहाडी र तराईमा सचेत हुन आग्रह गरेको छ । ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २ सय ७६ नगरपालिका, ४ सय ६० गाउँपालिका गरी ७ सय ५३ स्थानीय तहमा जम्मा दमकलको संख्या ७१ मात्र रहेको छ ।

हरेक वर्ष फागुन, चैत, वैशाख र जेठमा ठूलठूला आगलागीका घटना हुने गरेको तथ्यांक छ । राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रको तथ्यांकअनुसार २०७४ वैशाखदेखि माघ मसान्त १० महिना अवधिमा देशभर १ हजार दुई सय ५९ आगलागीका घटना भएका छन् । ती घटनामा ६५ जनाले ज्यान गुमाए भने २ सय २४ जना घाइते भए । १ हजार २ सय ७५ घरमा क्षति पुगेको छ । स्थानीय स्तरमा निभाएका आगलागीका घटना यस तथ्यांक समावेश छैन् ।

दिनहुँजसो आगलागीका घटना भइरहँदा पनि सरकारले नगरपालिकामा दमकलको व्यवस्था गर्न सकेको छैन । राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका उपसचिव शंकरहरि आचार्यका अनुसार नभएका नगरपालिकाहरुमा दमकल पु¥याउने योजना छ ।’ उपसचिव आचार्यले भने, ‘सुख्खायाम आउनै लाग्दा अब कार्ययोजना बनाउने तयारीमा छौं ।’ स्थानीय मन्त्रालयले गत वर्ष मात्र हरेक नगरपालिकालाई दमकल खरिदका लागि अनुदान उपलब्ध गराएको थियो । मन्त्रालयको ९० प्रतिशत अनुदान रकममा १० प्रतिशत नगरपालिकाले थप गरेर खरिद गर्न भनिएको थियो । जसले कारण केही नयाँ नगरपालिकामा समेत दकमल थप भएको छ । तर पनि दमकल सञ्चालन खर्चिलो हुँदा नगरपालिकाले चासो नराख्ने सम्बन्धित निकायको गुनासो छ ।

बढ्दो शहरीकरणसँगै नेपालमा आगलागीको प्रकृति तथा आगोका श्रोतहरु पनि फरक फरक हुँदै गइरहेका छन् । आगलागी हँुदा नियन्त्रण गर्न पानीको प्रयोग गर्नु पर्दछ भन्ने आमधारणा छ तर सबै खाले आगलागीमा पानीको प्रयोग गर्न सकिँदैन आगोको श्रोत र प्रकृतिअनुसार पानी, फोम अन्य केमिकलको मात्रा तथा उपयूक्त विधिको प्रयोग गर्नुपर्छ ।

पर्साका एसपी गणेश रेग्मीका अनुसार बुलेटबाट ग्यास लिक भएर उद्योगमा आगलागी भएको थियो । घटना स्थलमा सिलिन्डर विष्फोट भइरहेकोले स्थिति भयवित र अनियन्त्रित भएको थियो । अनुसन्धानमा सक्रिय एसपी गणेश रेग्मीका भनाइले पनि अबको समाधान पानीबाट मात्र संभव छैन् ।

केमिकल तथा केमिकलबाट बनेको वस्तुमा भएको आगलागीमा पानीको सिधै प्रयोग गर्दा यस्तो आगोमा रासायानिक प्रतिक्रिया भई आगो बढ्ने र झन फैलने गर्दछ । त्यसैले यस्ता प्रकारका आगलागीमा सीधै आगोमा पानी नहाली वरिपरिको वातावरणलाई चिस्याई पानीको छहरा बनाई पानीको प्रयोग गर्न सुझाव दिन्छन् एसियन प्रफेसनल सेकुरिटी एसोसिएसन–नेपाल च्याप्टरका उपाध्यक्ष लोकेसमान मानन्धर ।

मानन्धरका अनुसार, पेट्रोल, डिजेल, मट्टीतेल तथा केमिकललाई खतराजन्य पदार्थ भनिन्छ । जसलाई एटिङगुसरमा बि ले संकेत गरिएको हुन्छ । खतराजन्य पदार्थ भनेको यस्तो वस्तु हो जुन अत्याधिक प्रज्वलनशील र विषाक्त पनि हुन्छ । मानवीय नियन्त्रण, निगरानी र सावधानी बिना वातावरणमा छाडियो भने यसले वातावरण मात्र होइन मानव स्वास्थ्यमा समेत गम्भीर असर गर्दछ ।

नेपालमा खतराजन्य पदार्थको खपत भण्डारण तथा ओसारपसार उल्लेख्य मात्रामा हुने गर्दछ । यस्ता खतराजन्य पदार्थहरुको खपत तथा कारोबार हुने स्थान पेट्रोल पम्प, औद्योगिक क्षेत्र तथा कलकारखाना स्वभावैले पनि बढी हुने गर्दछ । तर यी स्थान आगलागीको दृष्टिले कति सुरक्षित छन् यसमा कार्यरत कर्मचारीलाई आगलागीसम्बन्धी सचेतनाको अवस्था एक दम दयनीय देखिन्छ । राजधानीमा भएको पेट्रोल पम्प, त्यस आसपासका बस्ती तथा औद्योगिक क्षेत्रमा आगलागीको अत्यन्त जोखिम देखिन्छ । तथा त्यसबाट हुन सक्ने जनधनको क्षति वा सावधानीका सन्दर्भमा व्यासायी तथा सरकारी उदासीनता सहजै अनुमान गर्न सकिन्छ ।

काठमाडौ महानगरपालिका, विपद व्यवस्थापन विभागअन्तरगत आपत्कालिन परिचालनकेन्द्रका पूर्व प्रमुख किशोर कुमार भट्टराई नीति निर्माण तहबाट नै जोखिम व्यवस्थापनबारे पहल गर्नु पर्नेमा जोड दिन्छन् । भट्टराईअनुसार, धेरै मानिस प्रभावित हुने बस्ती तथा जनधनको बढी क्षति हुने उद्योगधन्दा कलकारखाना औधोगिक ग्राम, पेट्रोल पम्प तथा पेट्रोल भण्डारण स्थल अग्नि सुरक्षित बनाउनै पर्छ । यसका लागि त्यसमा संलग्न कर्मचारीलाई नियमित तालिम दिई प्रशिक्षित गर्ने र कदंकदाचित आगलागी भइहालेमा त्यसबाट कसरी बच्ने सावधान हुनै पर्छ ।

  • न्युज

न्युज

सुन मूल्य तोलामा ३०० रुपैयाँले घट्यो

बिहिबार सुनको मूल्य प्रतितोला ५७ हजार ७०० रुपैयाँ कायम भएको छ । बुधबारको तुलनामा सुन तोलामा...

आज प्रधानमन्त्री ओली र चिनियाँ समकक्षीबीच भेटबार्ता

चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओलीले आज बिहीबार समकक्षी चिनियाँ प्रधानमन्त्री लि खछ्याङसँग भेटवार्ता गर्ने भएका...

आज प्रदेश नं ५ मा बजेटमाथिको सैद्धान्तिक छलफल सकियो

प्रदेश नं. ५ मा आव २०७५÷०७६ का लागि राजश्व र व्ययको अनुमान बजेटमाथिको सैद्धान्तिक छलफल आज...

हिजोदेखि जनरल ईन्स्योरेन्सद्धारा कारोबार सुरु

नेपाली बीमा बजारमा नयाँ ईन्स्योरेन्स कम्पनी जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले आफ्नो कारोबार सुरु गरेको जनाएको...

काठमाडौंको न्यूरोडमा ओम डेभलपमेन्ट बैंकको शाखा विस्तार

काठमाडौंको न्यूरोडमा ओम डेभलपमेन्ट बैंकको शाखा विस्तारमा ल्याएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज...