ग्लोबल आइएमई बैंक र ग्राण्डी ईन्टरनेशनल हस्पिटलबीच सेवा छुट सम्बन्धी सम्झौता

  • admin June 8, 18 11:18 am
  • Comments
  • 19 Views

ग्लोबल आईएमई बैंकको डेबिट÷क्रेडिट कार्डबाट ग्राण्डी ईन्टरनेशनल हस्पिटलमाउपचार गराउँदा ग्राहकले विशेष छुट पाउँने भएका छन् । ग्लोबल आइएमई बैंक लि. र ग्राण्डी ईन्टरनेशनल हस्पिटल बीच अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ ।
उक्त सम्भौता पत्रमा बैंकका बजार व्यवस्थापन एंव व्यवसाय प्रर्वद्धन विभाग प्रमुख गणेश अवस्थी र ग्राण्डी ईन्टरनेशनल हस्पिटलका बजार व्यवस्थापन एंव व्यवसाय विकास प्रमुख प्रतिक तिवारीले हस्ताक्षर गरेका छन् । ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त अन्य सुविधाहरु प्रदान गर्ने उद्देश्यल विभिन्न संस्थासँग समन्वय गरी यस्ता विभिन्न खाले योजनाहरु ल्याईरहेको छ ।
सम्झौता पश्चात ग्राण्डी ईन्टरनेशनल हस्पिटलमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट÷क्रेडिट कार्ड लिएका बैैंकका ग्राहकले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा ७.५ प्रतिशत छुट पाउने छन् । बैंकले हस्पिटलसँग आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उदेश्यले दुईपक्षीय सम्झौता गरेको जनाएको छ ।

 

  • न्युज

न्युज

भैरहवा विमानस्थलमा स्थानीयको आन्दोलन फिर्ता

जग्गाधनीहरुलाई तत्काल मुआब्जा बाँड्ने सहमति भएपछि गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माणमा अवरोध गर्दै भएकोे आन्दोलन फिर्ता भएको...

प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति शी बीच भेटवार्ता

चिनियाँ राष्ट्रपति शी जिनपिङ र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता सुरु भएको छ । ओलीले भोलि...

जनकपुर–जयनगर ब्रोडगेज रेल चलाउने मोडालिटी छिट्टै

सरकारले नेपालको एकमात्रै जनकपुर–जयनगर रेलमार्ग पुनःसञ्चालनको मोडालिटीमा भारत सरकारसँग छलफल सुरु गरेको छ । यसका लागि...

चिनियाँ लगानीमा ८७९ मेगावाट विद्युत उत्पादन हुने

चिनियाँ लगानीकर्ताले नेपालका करीब ९०० मेगावाट क्षमताका विभिन्न चार परियोजना निर्माण गर्ने सम्झौता भएका छन् ।...

विवादास्पद गोलसँगै सेनेगलको विजयी सुरुवात

सेनेगल, रुस विश्वकपमा जित हात पार्ने पहिलो अफ्रिकन टिम बनेको छ । यद्यपि उसले पोल्याण्डमाथि हात...