जनता बैंकको सप्तरीको रुपनीमा शाखा विस्तार

  • admin May 15, 18 8:45 am
  • Comments
  • 66 Views

जनता बैंक नेपाल लिमिटेडले सप्तरीको रुपनीमा नयाँ शाखा विस्तारमा ल्याएको छ ।
नेपाल राष्ट्र बैंकको प्रत्येक स्थानीय तहमा बैंक शाखा स्थापना गर्ने नीतिअनुसार जनता बैंकले सप्तरी जिल्लाको रुपनी गाउँपालिका वडा नं. १ को शाखाबाट कारोवार शुभारम्भ गरेको हो ।
सप्तरी जिल्लाको ग्रामिण क्षेत्रका साविकका ६ गा.वि.स. समेटिएर बनेको रुपनी गाउँपालिकाको समेत कारोवार गर्ने यस शाखाले गाउँपालिका क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने जनाएको छ ।
साथै यस क्षेत्रका उद्यमी व्यवसायी तथा सर्वसाधारणहरुले यस शाखाबाट आधुनिक बैंकिङ सुबिधा लिई जिबन स्तर सहज बनाउन सक्ने बैंकको अपेक्षा छ ।
जनता बैंक नेपाल लिमिटेडको शाखा सञ्जाल ११० पुगेको छ भने बैंकले ३३ शाखा रहित बैंकिङ्ग, २ सिमित बैंकिङ्ग ईकाइ, २ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको छ ।ा

  • न्युज

न्युज

फ्रान्सले जित्यो विश्वकप फुटबलको उपाधि

रसियामा जारि विश्वकप फुटबल प्रतियोगितामा फ्रान्सले क्रोएसियालाई पराजित गर्दै उपाधि जितेको छ। फ्रान्सको यो दोस्रो विश्वकप...

सानिमा बैंकद्वारा १० लाख सहयोग

शैक्षिक क्षेत्रमा थप टेवा पुर्याउने हेतुले सानिमा बैंकद्वारा टीच फर नेपाललाई १० लाख सहयोग गरेको छ...

सप्तकोशी नदीमा पानीको बहाव बढ्दै, ५२ मध्ये २९ ढोका मात्र खुल्ला

पूर्वी तथा पश्चिमी पहाडी जिल्लामा लगातार परेको अविरल वर्षाका कारणसप्तकोशी नदीमा पानीको बहाव बढेकाले केशी ब्यारेजको...

बाटो काट्न फेरि कडाइ गरिँदै, पहिलो चरणमा सचेतना कार्यक्रम

ट्राफिक महाशाखाले जथाभावी बाटो काट्नेलाई कारबाही गर्ने भएको छ । काठमाडौं उपत्यकाका विभिन्न १३ स्थानमा आजदेखि...

एनआईसी एशियाको दुई स्थानमा शाखारहित बैंकिङ्ग सेवा विस्तार

एनआईसी एशिया बैंकले दुई स्थानमा शाखा रहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । बैंकले पर्वत जिल्ला,...