टेलिकमको बेथितीले समस्या झेल्दै मनाङवासी

  • admin May 16, 18 7:09 am
  • Comments
  • 10 Views

सरकारले नेपालका सबै जिल्लामा दूरसञ्चार सेवा पु¥याएता पनि हिमाली जिल्ला मनाङमा भने सेवा खासै प्रभावकारी वन्न सकेको छैन ।
मनाङवासी नेपाल टेलिकमले दिएको सेवाबाट अझै वञ्चित छन् । ठाउँठाउँमा अग्लाअग्ला टावर निर्माण भएका ता पनि सेवा सुविधा भने प्रभावकारी छैन ।
अहिलेको आधुनिक संसारलाई जोड्ने सञ्चार संस्थानले धेरै मुनाफा कमाएको अवस्थामा पनि सेवाग्राही भने कति लाभान्वित भए हेर्नु जरुरी छ ।
अहिले नेपाल टेलिकमले विभिन्न सेवा सुविधा उपलब्ध गराए पनि मनाङमा फोन सम्पर्कसमेत कठिन भएको गुनासो गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले गरेका छन् । उहाँका अनुसार “हामीले नेपाल दूरसञ्चार, मनाङ शाखालाई पटकपटक पहल गर्दा पनि यो र उ बहाना बनाएर बेवास्ता गरेको छ ।” यसरी मनाङमा सबै सेवासुविधा हुँदाहुँदै पनि पछाडि परेको उहाँको भनाइ छ ।
उता दूरसञ्चारको भने आफ्नै कहानी छ । हिमाली जिल्लामा अप्टिकल फाइवरबाट सञ्चालित सिडिएमए पिडीएसमा टेक्निकल असर परेको नेपाल दूरसञ्चार मनाङ शाखाका प्रमुख निमङैटुक लामाले बताउनुभयो । उहाँको भनाइअनुसार नासों गाउँपालिकामा पर्ने ताल, ताँचे बगरछाप लगायतका ठाउँमा समस्या देखिएको छ ।
हावाहुरी, बाटो निर्माणको क्रममा अप्टिकल लाइनका तार क्षति भएको छ । यस्ता समस्याले सेवाग्राही मर्कामा परेका हुन् । यसलाई मर्मत गर्न प्राइवेट कम्पनीबाट प्राविधिक ल्याउनु पर्ने भएकाले ढिलो भएको लामाले बताउनुभयो । हाल मनाङमा रहेका एडिएसएलबाट चल्ने इमेल इन्टरनेट नचल्दा सरकारी कामकाज गर्न निकै कठिनाइ भएको जिल्लामा रहेका सरकारी कार्यालयको गुनासो रहेको छ ।
आजको जमानामा इमेल इन्टरनेटबाट सबै कामकाज गर्नुपर्ने भएको अवस्थामा आवश्यक सेवासुविधाबाट वञ्चित भएर बस्नु परेकोमा मनाङवासी आक्रोशित भएका छन् ।
मनाङवासीले बिकल्पमा प्राइभेट कम्पनीबाट राखिएता पनि सबै नाफामुखी भएको र सेवासुविधा राम्रो नभएको होटल व्यवसायी थुतेन लामाले बताउनुभयो ।
सरकारले लगानी गरेको संस्थाबाट नै सेवाग्राही मर्कामा पर्छन् भने प्राइभेट कम्पनीको त नाफाको खेती नै हो । यस्तै हो भने दुर्गम जिल्ला सधैँ नै दुर्गम भएर रहनेछन् । कहिलेसम्ममा सेवासुविधा पाउने हो र कहिलेसम्म समस्या झेलेर बस्ने मनाङवासी नेपाल टेलिकमलाई प्रश्न गर्छन् ।

  • न्युज

न्युज

लञ्चपूर्वनै लिक भए आइफोन एटको विशेषता

आइफोन एट बजारमा आउनुभन्दा पहिले नै लगभग सबै विशेषताबारे खुलासा भइसकेको छ । यो मोडललाई कम्पनीले...

सुनको मूल्य बढ्यो

आइतबार सुनको मूल्य प्रति तोलामा ३०० रुपैयाँले बढेको छ । आज छापावाला सुन तोलामा ५८ हजार...

मन्त्रिपरिषद बैठक बस्दै

एमाले र माओवादी एकीकरण भएपछि नेपाल कम्युनिष्ट पार्टीे आज पहिलो पटक मन्त्रिपरिषद बैठक बस्दैछ । बैठक...

पूर्वी नवलपरासीमा नेपालकै सबैभन्दा ठूलो सिमेन्ट उद्योग होङ्सी शिवम स्थापना

पूर्वी नवलपरासीमा स्थापना भएको नेपालको सबैभन्दा ठूलो सिमेन्ट उद्योगले व्यावसायिक उत्पादन थालेको छ । नेपालको शारदा...

पहिरो पन्छाएपछि सडक दुईतर्फी सञ्चालन

पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक दुईतर्फी सन्चालनमा आएको छ । आइतबार बिहान ५ः३० बजे इच्छाकामना गाउँपालिका–६, कालीखोलामा...