देशभरका नदीमा जलसतह बढ्दो, सतर्क रहन आग्रह

  • admin July 2, 18 7:44 am
  • Comments
  • 15 Views

गएरातिदेखि परेको अविरल वर्षाका कारण देशका सबै सानाठूला नदीमा जलसतह बढ्न थालेको जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज देशका कन्काई, कोसी, कमला, बागमती, नारायणी, पश्चिम राप्ती, बबई, कर्णाली, महाकालीलगायत मुख्य नदीको जलबहाव एकदम तीव्र छ । जुनसुकै बेला जलमग्न बनाउन सक्ने भएकोले ती नदीका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

पश्चिमका मोहना, बबई, पश्चिम राप्ती र आसपासका साना जलाधारमा भारी वर्षा भइरहेकाले जलसतह खतराकै आसपास रहेको बताइएको छ ।

पूर्व तथा मध्यक्षेत्रमा पनि भारी वर्षा भइरहेको छ । वर्षाबाट मेची, बिरिङ, निन्दा, पथरी, कन्काई, बूढीखोला, त्रियुगा, खाँडो, गागन, लालबकैया, कमला, पूर्वी राप्ती, बागमती, रिउखोलालगायत चुरे आसपासबाट बहने सबै नदीहरूमा जलसतह बढेको छ । जुनसुकै बेला खतरा निम्त्याउन सक्नेतर्फ सचेत रहन सरकारले आग्रह गरेको छ ।

महाशाखाले मंगलबार कोसी, कर्णाली, महाकालीका शाखा नदीमा पानीको सतह सतर्कताको तहमा पुग्ने अनुमान गरेकाले तटीय क्षेत्रमा सुरक्षा तथा सावधानी अपनाउन आग्रह गरेको छ ।

मनसुन न्यून–चापीय रेखा नेपालतर्फ सरेकोले आगामी तीन दिन देशका अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम र केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको बताइएको छ ।

 

  • न्युज

न्युज

ट्रम्प पुटिनको पक्षमा आफ्नै देशको गुप्तचर संस्थालाई छाडे -एफबीआईले सार्वजनिक गरेको विवरण गलत

कुनै मुलुकको राष्ट्रप्रमुखका लागि आफ्नो देशको गुप्तचर विभाग निकै महत्वपूर्ण हुन्छ । यद्यपि अमेरिकी राष्ट्रपति डोनाल्ड...

कतार एयरवेजद्वारा २०१८ फिफा विश्वकप विजेता फ्रान्सलाई बधाई

फिफाको आधिकारिक पार्टनर तथा आधिकारिक एयरलाइन कतार एयरवेजले २०१८ फिफा विश्वकप रुसको विजेता फ्रान्सलाई उत्कृष्ट विजयको...

नबिल बैंकका एकैपटक १२ नयाँ शाखा संचालनमा

नबिल बैंकले एकै पटक १२ वटा शाखा संचालनमा ल्याएको छ । बैंकले कर्णाली प्रदेश तथा प्रदेश...

पत्रकारलाई भत्ता,प्रेस काउन्सिल खारेज हुने

सरकारले जेष्ठ पत्रकारहरुको जीवन निर्वाह भत्ताका लागि अक्षयकोष स्थापना गरेको छ । साथै सरकारले प्रेस काउन्सिललाई...

तनहुँको ऐतिहासिक नगरी बन्दीपुरमा केबुलकार निर्माण गरिने

तनहुँको ऐतिहासिक नगरी बन्दीपुरमा केबुलकार सञ्चालन गरिने भएको छ । आर के बी रियल स्टेट एण्ड...