ने क पाले दर्ताको प्रमाणपत्र पायो

  • admin June 7, 18 10:08 am
  • Comments
  • 17 Views

नेकपा एमाले र माओवादी केन्द्र विघटन भएर बनेको नेपाल कम्युनिष्ट पार्टी (ने क पा) ले निर्वाचन आयोगबाट दर्ताको प्रमाणपत्र पाएको छ । गएको जेठ ३ गते घोषणा भएको पार्टीले बिहीबार (आज) औपचारिकता पाएको हो । ने क पा १४५ औं नम्बरमा आयोगमा दर्ता भएको छ । यसअघि एमाले ३२ र माओवादी केन्द्र ३७ नम्बरमा दर्ता थिए ।
दुई पार्टी राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा १० बमोजिम एकीकरण भएका हुन् । आयोगले ने क पाले मागे बमोजिम चिन्ह र झण्डा पनि प्रदान गर्ने निर्णय गरेको छ ।
पार्टी दर्ताको प्रमाणपत्र पाएपछि ने क पाका नेता सुवास नेम्वाङले ऐतिहासिक काम सम्पन्न भएको प्रतिक्रिया दिए । विचार र सिद्धान्त मिल्ने अन्य राजनीतिक दललाई पनि ने क पामा ल्याउने प्रक्रिया अगाढि बढेको उनले जानकारी दिए ।
३३ प्रतिशत महिला प्रतिनिधत्व गराउनेमा आफ्नो पार्टीकै निर्णायक भूमिका रहेको स्मरण गराउँदै नेम्वाङले पार्टीको महाधिवेशन सम्पन्न हुनासाथ ३३ प्रतिशत महिला र समावेशिताका अन्य कुरा पनि लागू हुने बताए । “महाधिवेशन चाँडै हुन्छ र महिला प्रतिनिधित्व पनि हुन्छ । सबै राजनीतिक दलले ३३ प्रतिशत पुर्याउनुपर्छ । सबैले महाधिवेशन कुरेका छन्,” उनले भने ।

  • न्युज

न्युज

सुन मूल्य तोलामा ३०० रुपैयाँले घट्यो

बिहिबार सुनको मूल्य प्रतितोला ५७ हजार ७०० रुपैयाँ कायम भएको छ । बुधबारको तुलनामा सुन तोलामा...

आज प्रधानमन्त्री ओली र चिनियाँ समकक्षीबीच भेटबार्ता

चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओलीले आज बिहीबार समकक्षी चिनियाँ प्रधानमन्त्री लि खछ्याङसँग भेटवार्ता गर्ने भएका...

आज प्रदेश नं ५ मा बजेटमाथिको सैद्धान्तिक छलफल सकियो

प्रदेश नं. ५ मा आव २०७५÷०७६ का लागि राजश्व र व्ययको अनुमान बजेटमाथिको सैद्धान्तिक छलफल आज...

हिजोदेखि जनरल ईन्स्योरेन्सद्धारा कारोबार सुरु

नेपाली बीमा बजारमा नयाँ ईन्स्योरेन्स कम्पनी जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले आफ्नो कारोबार सुरु गरेको जनाएको...

काठमाडौंको न्यूरोडमा ओम डेभलपमेन्ट बैंकको शाखा विस्तार

काठमाडौंको न्यूरोडमा ओम डेभलपमेन्ट बैंकको शाखा विस्तारमा ल्याएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज...