प्रतिनिधि सभाको बैठक आज, संसद नियमावली पेश हुँदै

  • admin June 8, 18 5:23 am
  • Comments
  • 16 Views

आज प्रतिनिधि सभाको बैठक बस्ने भएको छ । दिउसो १ बजे बस्ने बैठकमा संसद नियमावली पेश हुने भएको छ । सघीय संसद सचिवालयका अनुसार आज बस्ने वैठकमा संसद नियमावली पेश हुँदै छ । नियमावली पेश भएपछि वैठकमा सो बिषयउपर छलपलका क्रममा सांसदहरुले संशोधन प्रस्तावसमेत पेश गर्ने र नियमावलीलाई आजै पारित गर्ने कार्यसूची रहेको छ ।
सांसद कृष्णभक्त पोखरेलको संयोजकत्वमा गठन भएको प्रतिनिधि सभा नियमावली मस्यौदा समितिले तयार पारेको ‘प्रतिनिधि सभा नियमावली, २०७५’को मस्यौदा दफावार छलफलका लागि संसदमा पेश हुन लागेको हो ।
सत्तापक्षकै सांसदहरुले फौजदारी अभियोग लागेका सांसदलाई निलम्बन गर्नुपर्ने अडान लिएपछि संसद नियमावली संसदमा पेश हुन सकेको थिएन ।
तर नियमावलीको बचाउ गर्दै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले भने फौजदारी अभियोग लागेका सांसदलाई पूर्पक्षका लागि थुनामा राखेपछि उसको पद निलम्बन हुने कुरालाई अन्यथा ठान्न नहुने टिप्पणी गर्दै आएका छन् ।
यता, प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी, नेपालले भने पूर्पक्षका लागि थुनामा राखिएका सांसदलाई अभियोग पुष्टि नभएसम्म निलम्बन गर्न नहुने अडान राख्दै आएका छन् ।

  • न्युज

न्युज

सुन मूल्य तोलामा ३०० रुपैयाँले घट्यो

बिहिबार सुनको मूल्य प्रतितोला ५७ हजार ७०० रुपैयाँ कायम भएको छ । बुधबारको तुलनामा सुन तोलामा...

आज प्रधानमन्त्री ओली र चिनियाँ समकक्षीबीच भेटबार्ता

चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओलीले आज बिहीबार समकक्षी चिनियाँ प्रधानमन्त्री लि खछ्याङसँग भेटवार्ता गर्ने भएका...

आज प्रदेश नं ५ मा बजेटमाथिको सैद्धान्तिक छलफल सकियो

प्रदेश नं. ५ मा आव २०७५÷०७६ का लागि राजश्व र व्ययको अनुमान बजेटमाथिको सैद्धान्तिक छलफल आज...

हिजोदेखि जनरल ईन्स्योरेन्सद्धारा कारोबार सुरु

नेपाली बीमा बजारमा नयाँ ईन्स्योरेन्स कम्पनी जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले आफ्नो कारोबार सुरु गरेको जनाएको...

काठमाडौंको न्यूरोडमा ओम डेभलपमेन्ट बैंकको शाखा विस्तार

काठमाडौंको न्यूरोडमा ओम डेभलपमेन्ट बैंकको शाखा विस्तारमा ल्याएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज...