प्रभु बैंकले खोल्यो रौतहटको परोहामा शाखा

  • admin July 8, 18 7:17 am
  • Comments
  • 22 Views

संघीय संरचना बमोजिम गठित विभिन्न स्थानीय तहमा रहेका सेवाग्राहीहरुलाई सरल र सहज रुपमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ बैंकले रौतहट जिल्लाको परोहा नगरपालिकामा शाखा कार्यालय आज देखि सञ्चालनमा ल्याएको छ ।

रौतहट जिल्लाको परोहा नगरपालिका वडा नं.४ स्थित बैंकको परोहा शाखा परोहा नगरपालिकाका प्रमुख मोशेख वकिलले गरे ।

शाखा कार्यालय उद्घाटन कार्यक्रममा रौतहट जिल्ला स्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतीक दलका प्रतिनिधीहरु,उद्योग वाणिज्य संघका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु,स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

आजदेखि सञ्चालनमा आएको बैंकको परोहा शाखा कार्यालयबाट त्यहाँका स्थानीय तहका सेवाग्राही, सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र नगरपालीकाको समग्र आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

 

  • न्युज

न्युज

ट्रम्प पुटिनको पक्षमा आफ्नै देशको गुप्तचर संस्थालाई छाडे -एफबीआईले सार्वजनिक गरेको विवरण गलत

कुनै मुलुकको राष्ट्रप्रमुखका लागि आफ्नो देशको गुप्तचर विभाग निकै महत्वपूर्ण हुन्छ । यद्यपि अमेरिकी राष्ट्रपति डोनाल्ड...

कतार एयरवेजद्वारा २०१८ फिफा विश्वकप विजेता फ्रान्सलाई बधाई

फिफाको आधिकारिक पार्टनर तथा आधिकारिक एयरलाइन कतार एयरवेजले २०१८ फिफा विश्वकप रुसको विजेता फ्रान्सलाई उत्कृष्ट विजयको...

नबिल बैंकका एकैपटक १२ नयाँ शाखा संचालनमा

नबिल बैंकले एकै पटक १२ वटा शाखा संचालनमा ल्याएको छ । बैंकले कर्णाली प्रदेश तथा प्रदेश...

पत्रकारलाई भत्ता,प्रेस काउन्सिल खारेज हुने

सरकारले जेष्ठ पत्रकारहरुको जीवन निर्वाह भत्ताका लागि अक्षयकोष स्थापना गरेको छ । साथै सरकारले प्रेस काउन्सिललाई...

तनहुँको ऐतिहासिक नगरी बन्दीपुरमा केबुलकार निर्माण गरिने

तनहुँको ऐतिहासिक नगरी बन्दीपुरमा केबुलकार सञ्चालन गरिने भएको छ । आर के बी रियल स्टेट एण्ड...