बृहत् ग्रुपको एक दशक पूरा, सहरी पूर्वाधार र सिनियर सिटिजन होम विकास गर्नेमा लगानी

  • admin November 8, 17 4:38 am
  • Comments
  • 270 Views

काठमाडौं: रियल इस्टेट क्षेत्रको प्रतिष्ठित व्यावसायिक समूह बृहत ग्रुपले स्थापनाको एक दशक पूरा गरेको छ । ११ औं वर्षमा प्रवेशका अवसरमा कम्पनीले असोज २२ र २३ गते विभिन्न कार्यक्रमहरू आयोजना गरेर दसौं वार्षिकोत्सव मनायो ।

असोज २२ गते नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा ग्रुपले रक्तदान कार्यक्रम आयोजना गरेको थियो, जसमा कम्पनीका सदस्यहरूका साथै अन्य सर्वसाधारण समेत गरी कुल ७९ जनाले सहभागिता जनाए । बृहत्ले स्थापनाको पहिलो वर्ष गाँठदेखि नै प्रत्येक वार्षिकोत्सवमा रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ । असोज २३ मा पनि ग्रुपले विभिन्न औपचारिक तथा अनौपचारिक कार्यक्रमहरू आयोजना गर्दै ‘बृहत् दिवस’ मनाएको छ ।

“बृहत ग्रुप अबका दिनमा प्रिमियम रेजीडेन्सी विकासमा केन्द्रित रहनेछ । जसमा डिजाइन, निर्माण गुणस्तर, निर्माण सामग्री, वर्कम्यानसीप, मेन्टीनेन्स फ्रि आवास आदि कुराहरूको उत्कृष्ट संयोजन हुनेछ,” असोज २३ गते सोमबार आयोजित औपचारिक वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै ग्रुपका कार्यकारी अध्यक्ष ओम राजभण्डारीले अब सहरी पूर्वाधारको निर्माण लगानी गरी राष्ट्रको विकास निर्माणमा सहभागी हुने, निर्माण कार्यलाई अझ व्यवस्थित गर्न (वयेर हाउसको रूपमा) सम्पूर्ण कामदार मजदुरहरूलाई एउटै छानामुनि गुणस्तरीय वातावरणमा आवासको व्यवस्था गरी सोही स्थानमा विभिन्न स–साना उद्योग व्यवसाय सञ्चालन र निर्माणको गुणस्तरको परीक्षण गर्न सक्ने प्रयोगशाला बनाउने तथा सिनियर सिटिजन केयर होम विकास गर्ने नीति पनि ग्रुपले अबलम्बन गर्ने क्रममा रहेको बताए ।

साथै, ग्रुपले आफ्नो मावन संसाधन (एचआर) को क्षमता विकासलाई उच्च प्राथमिकतामा राख्दै कम्पनीको पर्फमेन्स उच्च बनाएर लाने नीति अबलम्बन गरेको पनि उनले बताए । बृहत् ग्रुपले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल एम्बुलेन्स सर्भिस (१०२) र हस्पिस नेपाल जस्ता परोपकारी सामाजिक संस्थाहरूलाई स्थापनाकाल देखि नै आर्थिक, प्रशासनिक तथा अन्य सहयोग प्रदान गर्दै आएको छ ।

सोही क्रममा यस वर्ष कम्पनीले नेपाल एम्बुलेन्स सर्भिसलाई ६ लाख नगद प्रदान गरेको छ भने हस्पिस नेपालको नयाँ बन्ने भवनको ड्रइङ डिजाइनको लागत पनि बेहोरी दिएको छ ।वार्षिक दिवसका दिन कम्पनीमा दस वर्षसम्म अनावरत कार्यरत कर्मचारीहरूलाई सम्मान र प्रमाणपत्र वितरण गरियो ।

नेपाली रियल इस्टेट क्षेत्रका अग्रणी व्यवसायी ओम राजभण्डारीको नेतृत्वमा सञ्चालित बृहत् ग्रुपअन्तर्गत हाल बृहत् इन्भेस्टमेन्ट्स (बीआई), बृहत् डेभलपर्स एन्ड बिल्डर्स (बीडीबी), पायोनियर बिल्डर्स एन्ड डेभलपर्स (पीडीबी), बृहत् प्रोपर्टी सोलुसन्स (बीपीएस), स्वयम्भू होटल्स एन्ड अपार्टमेन्ट र अन्तरप्रेरणा गरी ६ कम्पनीहरू सञ्चालित छन् ।

यीमध्ये बीआईले परियोजना विकास, बीडीबीले निर्माण, पीडीपीले डिजाइन तथा सुपरभिजन, बीपीएसले प्रोपर्टी (घर–जग्गा) बिक्री व्यवस्थापन र स्वयम्भू होटल्सले रेन्टल होम÷अपार्टमेन्ट सेवालगायतको काम गरिरहेको छ ।

  • न्युज

न्युज

फ्रान्सले जित्यो विश्वकप फुटबलको उपाधि

रसियामा जारि विश्वकप फुटबल प्रतियोगितामा फ्रान्सले क्रोएसियालाई पराजित गर्दै उपाधि जितेको छ। फ्रान्सको यो दोस्रो विश्वकप...

सानिमा बैंकद्वारा १० लाख सहयोग

शैक्षिक क्षेत्रमा थप टेवा पुर्याउने हेतुले सानिमा बैंकद्वारा टीच फर नेपाललाई १० लाख सहयोग गरेको छ...

सप्तकोशी नदीमा पानीको बहाव बढ्दै, ५२ मध्ये २९ ढोका मात्र खुल्ला

पूर्वी तथा पश्चिमी पहाडी जिल्लामा लगातार परेको अविरल वर्षाका कारणसप्तकोशी नदीमा पानीको बहाव बढेकाले केशी ब्यारेजको...

बाटो काट्न फेरि कडाइ गरिँदै, पहिलो चरणमा सचेतना कार्यक्रम

ट्राफिक महाशाखाले जथाभावी बाटो काट्नेलाई कारबाही गर्ने भएको छ । काठमाडौं उपत्यकाका विभिन्न १३ स्थानमा आजदेखि...

एनआईसी एशियाको दुई स्थानमा शाखारहित बैंकिङ्ग सेवा विस्तार

एनआईसी एशिया बैंकले दुई स्थानमा शाखा रहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । बैंकले पर्वत जिल्ला,...