बैंग्लोरसँग पञ्जाव पराजित

  • admin May 15, 18 5:12 am
  • Comments
  • 11 Views

इण्डिन प्रिमियर लिग क्रिकेट अन्तर्गत सोमबार राती भएको खेलमा जित हात पार्दै रोयल च्यालेञ्जर्स बैंग्लोरले प्लेअफ पुग्ने सम्भावना बलियो बनाएको छ ।
किंग्स इलेभेन पञ्जावलाई १० विकेटले पराजित गर्दै बैंग्लोरले आफ्नो रनरेटमा समेत ठूलो फड्को मारेको छ । उमेश यादवले केएल राहुल र क्रिश गेललाई सस्तैमा पवेवियनको बाटो देखाएपछि पञ्जाव १५.१ ओभरमा ८८ रनमा अलआउट भएको थियो । जुन लक्ष्य बैंग्लोरले विना कुनै विकेटको क्षतिमा झण्डै १२ ओभर अगावै पूरा ग¥यो ।
यो नतिजाका कारण बैंग्लोरले रनरेटमा पनि ब्यापक सुधार गरेको छ । पञ्जावको यो हारका कारण सनराइजर्स हैदराबाद शीर्ष दुईमा रहने पक्का भएको छ ।
टस हारेर ब्याटिङको निम्तो पाएको बैंग्लोरका के एल राहुलले २१ तथा क्रिश गेलले १८ रन बाहेक एरोन फिन्चले २६ रनको योगदान दिए । अन्य खेलाडीले दोहोरो अंकको रन समेत बनाउन सकेनन् ।
बलिङ तर्फ उमेश यादवले ३ विकेट लिए ।
८९ रनको लक्ष्यका लागि विराट कोहली ४८ रन र पार्थिव पटेलले ४० रनको योगदान दिए । लिगको दुई खेल बाँकी रहँदा बैंग्लोरका्े १० अंक सहित सातौं स्थानमा छ भने पञ्जाव १२ अंक सहित पाँचौं स्थानमा छ ।

  • न्युज

न्युज

लञ्चपूर्वनै लिक भए आइफोन एटको विशेषता

आइफोन एट बजारमा आउनुभन्दा पहिले नै लगभग सबै विशेषताबारे खुलासा भइसकेको छ । यो मोडललाई कम्पनीले...

सुनको मूल्य बढ्यो

आइतबार सुनको मूल्य प्रति तोलामा ३०० रुपैयाँले बढेको छ । आज छापावाला सुन तोलामा ५८ हजार...

मन्त्रिपरिषद बैठक बस्दै

एमाले र माओवादी एकीकरण भएपछि नेपाल कम्युनिष्ट पार्टीे आज पहिलो पटक मन्त्रिपरिषद बैठक बस्दैछ । बैठक...

पूर्वी नवलपरासीमा नेपालकै सबैभन्दा ठूलो सिमेन्ट उद्योग होङ्सी शिवम स्थापना

पूर्वी नवलपरासीमा स्थापना भएको नेपालको सबैभन्दा ठूलो सिमेन्ट उद्योगले व्यावसायिक उत्पादन थालेको छ । नेपालको शारदा...

पहिरो पन्छाएपछि सडक दुईतर्फी सञ्चालन

पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक दुईतर्फी सन्चालनमा आएको छ । आइतबार बिहान ५ः३० बजे इच्छाकामना गाउँपालिका–६, कालीखोलामा...