भूकम्पबाट क्षतिग्रस्त सिन्धुपाल्चोक कारागार सञ्चालनमा

  • admin May 16, 18 7:50 am
  • Comments
  • 10 Views

भूकम्पपछि क्षतिग्रस्त सिन्धुपाल्चोक जिल्लाको कारगार आजदेखि सञ्चालनमा आएको छ ।
सिन्धुपाल्चोक कारागारका प्रमुख नवराज सेनले भूकम्पबाट क्षति पुगेको कारागार अस्थाई रुपमा सञ्चालन गर्न लागिएको जानकारी दिएका छन् ।
बुधबार दिउँसो जिल्ला सुरक्षा समितिको बैठक बसेर अपौचारिक रुपमा कारगारमा कैदी बन्दीहरु राख्ने तयारी भएको सेनले बताए ।
जिल्ला प्रहरी कार्यालयको पुर्पक्ष कक्षमा राखिएका २८ जना कैदीहरुलाई बुधबार कारगारमा स्थानान्तरण गरिने तयारी छ । १ सय १५ जना क्षमता रहेको कारगारमा केन्द्रीय कारगारबाट विभिन्न मुद्दामा कैद भुक्तान गरिरहेका १ सय ५० जना सम्म कैदी बन्दीहरुलाई सिन्धुपाल्चोक कारगारमा राख्ने तयारी गरिएको छ ।
भूकम्पमा कारगार भत्केपछि त्यहाँ रहेका २ सय १६ कैदी–बन्दीहरु भागेका थिए । भूकम्पलगतै विभिन्न मितिमा १ सय १८ जना कैदी बन्दीहरु प्रशासनको सम्र्पकमा आए पनि अन्य कैदीहरु अझै फरार छन् ।

  • न्युज

न्युज

लञ्चपूर्वनै लिक भए आइफोन एटको विशेषता

आइफोन एट बजारमा आउनुभन्दा पहिले नै लगभग सबै विशेषताबारे खुलासा भइसकेको छ । यो मोडललाई कम्पनीले...

सुनको मूल्य बढ्यो

आइतबार सुनको मूल्य प्रति तोलामा ३०० रुपैयाँले बढेको छ । आज छापावाला सुन तोलामा ५८ हजार...

मन्त्रिपरिषद बैठक बस्दै

एमाले र माओवादी एकीकरण भएपछि नेपाल कम्युनिष्ट पार्टीे आज पहिलो पटक मन्त्रिपरिषद बैठक बस्दैछ । बैठक...

पूर्वी नवलपरासीमा नेपालकै सबैभन्दा ठूलो सिमेन्ट उद्योग होङ्सी शिवम स्थापना

पूर्वी नवलपरासीमा स्थापना भएको नेपालको सबैभन्दा ठूलो सिमेन्ट उद्योगले व्यावसायिक उत्पादन थालेको छ । नेपालको शारदा...

पहिरो पन्छाएपछि सडक दुईतर्फी सञ्चालन

पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक दुईतर्फी सन्चालनमा आएको छ । आइतबार बिहान ५ः३० बजे इच्छाकामना गाउँपालिका–६, कालीखोलामा...