भूकम्पबाट पूर्ण क्षतिग्रस्त काष्ठमण्डपको पुनर्निर्माण वैशाख ३१ गतेदेखि सुरु

  • admin May 11, 18 8:11 am
  • Comments
  • 12 Views

भूकम्पबाट पूर्ण रुपले क्षतिग्रस्त भएको ऐतिहासिक सम्पदा काष्ठमण्डप पुनर्निर्माण वैशाख ३१ गतेदेखि सुरु हुने भएको छ ।
सोमवार बिहान काष्ठमण्डप मै क्षमा पूजा गर्दै काष्ठमण्डप पुनर्निर्माण कार्यको आरम्भ हुन लागेको हो ।
काष्ठमण्डप पुनर्निर्माण कार्य जनस्तरबाटै गर्नका लागि प्रदेश नम्बर ३ को काठमाडौं क्षेत्र नं. ८ ‘क’ बाट निर्र्वािचत सांसद राजेश शाक्यको अध्यक्षतामा हालै मात्र ५१ सदस्यीय ‘काष्ठमण्डप पुनर्निर्माण समिति’ गठन गरिएको छ ।
यो समितिलाई आवश्यक सहयोगका लागि काठमाडौं महानगरपालिका का मेयर बिद्यासुन्दर शााक्यको अध्यक्षतामा एउटा निर्देशक समिति गठन गरिएको छ भने काष्ठमण्डप प्रति सबैको अपनत्व भावना विकास गर्न समाजका लब्ध प्रतिष्ठित व्यक्तिहरूको एउटा संरक्षक समिति पनि गठन गरिएको छ ।
वैशाख ३१ गत कार्य आरम्भ भएपछि आगामी साढे ३ वर्षभित्र हाम्रो मौलिक परम्परागत बिधिद्वारा नै दिगो हुने गरी काष्ठमण्डपको निर्माण सम्पन्न गर्ने योजना राखिएको छ ।
साथै हाल अलपत्र अवस्थामा रहेका काष्ठमण्डपका काठहरूलाई सुरक्षित गर्न आजबाट लगातार ३ दिन स्वयंसेवीहरूले श्रमदान गर्ने कार्यक्रम रहेको छ ।
यी सबै काठहरूको नापनक्शा सहितको लगत राखी घाम पानीबाट बचाउने र पुनः प्रयोगमा ल्याउन सकिने सबै काठहरू पुनर्निर्माणमा प्रयोग गरिने छ ।

  • न्युज

न्युज

लञ्चपूर्वनै लिक भए आइफोन एटको विशेषता

आइफोन एट बजारमा आउनुभन्दा पहिले नै लगभग सबै विशेषताबारे खुलासा भइसकेको छ । यो मोडललाई कम्पनीले...

सुनको मूल्य बढ्यो

आइतबार सुनको मूल्य प्रति तोलामा ३०० रुपैयाँले बढेको छ । आज छापावाला सुन तोलामा ५८ हजार...

मन्त्रिपरिषद बैठक बस्दै

एमाले र माओवादी एकीकरण भएपछि नेपाल कम्युनिष्ट पार्टीे आज पहिलो पटक मन्त्रिपरिषद बैठक बस्दैछ । बैठक...

पूर्वी नवलपरासीमा नेपालकै सबैभन्दा ठूलो सिमेन्ट उद्योग होङ्सी शिवम स्थापना

पूर्वी नवलपरासीमा स्थापना भएको नेपालको सबैभन्दा ठूलो सिमेन्ट उद्योगले व्यावसायिक उत्पादन थालेको छ । नेपालको शारदा...

पहिरो पन्छाएपछि सडक दुईतर्फी सञ्चालन

पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक दुईतर्फी सन्चालनमा आएको छ । आइतबार बिहान ५ः३० बजे इच्छाकामना गाउँपालिका–६, कालीखोलामा...