भू–उपग्रहको आडमा परमाणु परिक्षणको तयारीमा उत्तर कोरिया

  • admin December 26, 17 1:14 pm
  • Comments
  • 170 Views
एजेन्सी

उत्तर कोरियाले एक भू–उपग्रह प्रक्षेपणको तयारीमा जुटेको छ । यद्यपि पर्यवेक्षकहरुले परमाणु सम्पन्न उत्तर कोरिया अन्तरिक्ष कार्यक्रमको आडमा परमाणु परिक्षण गर्न लागेको चेतावनी दिएका छन् । उत्तर कोरियामाथि परमाणु तथा क्षेप्यास्त्र परिक्षणको बिरुद्धमा संयुक्त राष्ट्र संघले कैयौ प्रतिबन्ध लगाउदै आएको छ । उत्तर कोरियामा उपग्रह लगायत ब्यालेस्टिक क्षेप्यास्त्रमा आधारित कुनै पनि प्रक्षेपण गर्न रोक लगाइदै आएको छ ।
दक्षिण कोरियाको दैनिक अखबार जुगाङ इल्बोले दक्षिण कोरियाको एक सरकारी सुत्रको हवाला दिदै लेखेको छ,“विभिन्न माध्यमबाट हामीलाई यो जानकारीमा आएको छ कि उत्तर कोरियाले नयाँ उपग्रह तयार पारेको छ । यो उपग्रहलाई क्वाङगम्योगसोङ–५ नाम दिइएको छ ।” उत्तर कोरियाले २०१६को फेब्रुअरीमा पनि क्वाङगम्योङसोङ– ४ भू–उपग्रहको प्रक्षेपण गरेको थियो । यसलाई अन्तर्राष्ट्रिय समुदायले छद्मभेषी व्यालेस्टिक मिसाइलको परिक्षण भएको बताउदै आएको थियो ।

 

  • न्युज

न्युज

सुन मूल्य तोलामा ३०० रुपैयाँले घट्यो

बिहिबार सुनको मूल्य प्रतितोला ५७ हजार ७०० रुपैयाँ कायम भएको छ । बुधबारको तुलनामा सुन तोलामा...

आज प्रधानमन्त्री ओली र चिनियाँ समकक्षीबीच भेटबार्ता

चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओलीले आज बिहीबार समकक्षी चिनियाँ प्रधानमन्त्री लि खछ्याङसँग भेटवार्ता गर्ने भएका...

आज प्रदेश नं ५ मा बजेटमाथिको सैद्धान्तिक छलफल सकियो

प्रदेश नं. ५ मा आव २०७५÷०७६ का लागि राजश्व र व्ययको अनुमान बजेटमाथिको सैद्धान्तिक छलफल आज...

हिजोदेखि जनरल ईन्स्योरेन्सद्धारा कारोबार सुरु

नेपाली बीमा बजारमा नयाँ ईन्स्योरेन्स कम्पनी जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले आफ्नो कारोबार सुरु गरेको जनाएको...

काठमाडौंको न्यूरोडमा ओम डेभलपमेन्ट बैंकको शाखा विस्तार

काठमाडौंको न्यूरोडमा ओम डेभलपमेन्ट बैंकको शाखा विस्तारमा ल्याएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज...