‘मधेसमा एमालेले ‘मिस’ गर्‍यो, कांग्रेसका दिन सकिए’

  • admin September 28, 17 6:37 am
  • Comments
  • 181 Views

९ असोज, काठमाडौं । मधेसमा आफ्नो पार्टीलाई आश्चर्यजनक जित दिलाएर फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव काठमाडौं आइपुगेका छन् । सोमबार बिहान अनलाइनखबरसँग कुराकानी गर्ने क्रममा यादव मधेसको चुनावी परिणामबाट निकै उत्साहित देखिए ।

नेपाली राजनीतिमा कुशल खेलाडीको पहिचान बनाएका यादवले धेरै मानिसलाई आश्चर्यमा पार्ने गरी मधेसमा आफ्नो उपस्थिति देखाएका छन् । हामीले सोध्यौं- तपाईले त जादु नै गर्नुभयो नि ! यसको रहस्य के थियो ?

जवाफमा उनले भने – ‘मेहनतचाहिँ गरेको हो । अरु के गर्नुहुन्छ ? मसँग न साधन स्रोत थियो, न सत्ता, न शक्ति । सबै मेरा विरुद्धमा थिए । अरुतिर त आकाशबाट पनि पैसा बर्सिन्थ्यो । शासन-प्रशासन पनि भएको, साधन स्रोतको कमी नभएको । यो अवस्थामा हामीसँग मेहनत नगरिकन त अरु उपाय थिएन । त्यसैले हामीले मेहनतचाहिँ गरेको हो ।’

प्रदेश २ को समग्र चुनावी परिणामलाई कसरी विश्लेषण गर्नुहुन्छ ?

जनताले दिएको म्यान्डेटलाई हामी स्वीकार्छौं । धेरै ठाउँमा हामी छ भोट, ८ भोट, १० भोटले हारेका छौं । यसले के देखाउँछ भने तराईका जनता अहिले पनि फोरम नेपालको पक्षमा छन्, फोरम नेपालले नै तराईको विकास र जनताको अधिकारलाई सुनिश्चित गर्छ भनेर जनताले हामीलाई विश्वास गरेको अर्थमा हामीले यसलाई लिएका छौं ।

  • न्युज

न्युज

लञ्चपूर्वनै लिक भए आइफोन एटको विशेषता

आइफोन एट बजारमा आउनुभन्दा पहिले नै लगभग सबै विशेषताबारे खुलासा भइसकेको छ । यो मोडललाई कम्पनीले...

सुनको मूल्य बढ्यो

आइतबार सुनको मूल्य प्रति तोलामा ३०० रुपैयाँले बढेको छ । आज छापावाला सुन तोलामा ५८ हजार...

मन्त्रिपरिषद बैठक बस्दै

एमाले र माओवादी एकीकरण भएपछि नेपाल कम्युनिष्ट पार्टीे आज पहिलो पटक मन्त्रिपरिषद बैठक बस्दैछ । बैठक...

पूर्वी नवलपरासीमा नेपालकै सबैभन्दा ठूलो सिमेन्ट उद्योग होङ्सी शिवम स्थापना

पूर्वी नवलपरासीमा स्थापना भएको नेपालको सबैभन्दा ठूलो सिमेन्ट उद्योगले व्यावसायिक उत्पादन थालेको छ । नेपालको शारदा...

पहिरो पन्छाएपछि सडक दुईतर्फी सञ्चालन

पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक दुईतर्फी सन्चालनमा आएको छ । आइतबार बिहान ५ः३० बजे इच्छाकामना गाउँपालिका–६, कालीखोलामा...