मुख्य सचिवमा राजेन्द्र किशोर क्षेत्री नियुक्त

  • admin September 28, 17 5:38 am
  • Comments
  • 187 Views

काठमाडौं– सरकारले सचिव राजेन्द्र किशोर क्षेत्रीलाई मुख्य सचिवमा नियुक्त गरेको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद् बैठकले रिक्त मुख्य सचिव पदमा सहकारी तथा गरिबी निवारण सचिव रहेका राजेन्द्र किशोर क्षेत्रीलाई नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि क्षेत्री उर्जामन्त्रालयको सचिव रहेर काम गरिसकेका थिए ।

मुख्य सचिव रहेका सोमलाल सुवेदी नेपालको तर्फबाट एडिबीको उपकार्यकारी निर्देशक बनेर फिलिपिन्स गएपछि रिक्त रहेको मुख्य सचिव पदमा सरकारले सचिव क्षेत्रीलाई ल्याएको हो ।

त्यसैगरी बैठकले विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि फिनल्याण्डबाट प्राप्त २ अरब ३६ करोड र जापान सरकारबाट प्राप्त २७ करोड ४७ लाख रुपैया अनुदान सहयोगलाई स्वीकृत गरेको छ । सरकारले सम्पत्ति सुद्धिकरण निवारण सम्बन्धी बार्षिक बैठक नेपालमा गर्ने निर्णय पनि गरेको छ ।

  • न्युज

न्युज

सुन मूल्य तोलामा ३०० रुपैयाँले घट्यो

बिहिबार सुनको मूल्य प्रतितोला ५७ हजार ७०० रुपैयाँ कायम भएको छ । बुधबारको तुलनामा सुन तोलामा...

आज प्रधानमन्त्री ओली र चिनियाँ समकक्षीबीच भेटबार्ता

चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओलीले आज बिहीबार समकक्षी चिनियाँ प्रधानमन्त्री लि खछ्याङसँग भेटवार्ता गर्ने भएका...

आज प्रदेश नं ५ मा बजेटमाथिको सैद्धान्तिक छलफल सकियो

प्रदेश नं. ५ मा आव २०७५÷०७६ का लागि राजश्व र व्ययको अनुमान बजेटमाथिको सैद्धान्तिक छलफल आज...

हिजोदेखि जनरल ईन्स्योरेन्सद्धारा कारोबार सुरु

नेपाली बीमा बजारमा नयाँ ईन्स्योरेन्स कम्पनी जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले आफ्नो कारोबार सुरु गरेको जनाएको...

काठमाडौंको न्यूरोडमा ओम डेभलपमेन्ट बैंकको शाखा विस्तार

काठमाडौंको न्यूरोडमा ओम डेभलपमेन्ट बैंकको शाखा विस्तारमा ल्याएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज...