मैत्रीपूर्ण खेलमा इजिप्ट बेल्जियमसँग पराजित

  • admin June 7, 18 5:16 am
  • Comments
  • 20 Views

विश्वकप अघिको मैत्रीपूर्ण खेलमा बेल्जियमले इजिप्टलाई तीन शून्यले हराएको छ ।
ब्रसेल्समा भएको खेलमा चोटका कारण मैदान बाहिर रहेका मोहम्मद सलाह विना मैदानमा उत्रिएको इजिप्ट विरुद्ध बेल्जियमले पहिलो हाफमा नै दुई गोल गरेको थियो । खेलको २७ औं मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै टिमलाई अग्रता दिलाए ।
त्यसपछि ३८ औं मिनेटमा इडेन हजार्डले बेल्जियमका लागि दोस्रो गोल गरे । पहिलो हाफमा दुई गोलको अग्रता बनाएको बेल्जियमले खेलको इन्जुरी समयको दोस्रो मिनेटमा तेस्रो गोल गर्यो ।
उसका लागि मारुवान फेलीनीले गोल गर्न सफल भए । यो हारले इजिप्टलाई विश्वकप तयारीमा केहि धक्का पुगेको छ ।
यस्तै अर्को खेलमा विश्वकपमा सहभागि भएको टिम पानामा नर्वेसँग एक शून्यले पराजित भयो भने नाइजेरीया चेक रिपब्लिकसँग एक शून्यले हार्न पुग्यो ।

 

  • न्युज

न्युज

सुन मूल्य तोलामा ३०० रुपैयाँले घट्यो

बिहिबार सुनको मूल्य प्रतितोला ५७ हजार ७०० रुपैयाँ कायम भएको छ । बुधबारको तुलनामा सुन तोलामा...

आज प्रधानमन्त्री ओली र चिनियाँ समकक्षीबीच भेटबार्ता

चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओलीले आज बिहीबार समकक्षी चिनियाँ प्रधानमन्त्री लि खछ्याङसँग भेटवार्ता गर्ने भएका...

आज प्रदेश नं ५ मा बजेटमाथिको सैद्धान्तिक छलफल सकियो

प्रदेश नं. ५ मा आव २०७५÷०७६ का लागि राजश्व र व्ययको अनुमान बजेटमाथिको सैद्धान्तिक छलफल आज...

हिजोदेखि जनरल ईन्स्योरेन्सद्धारा कारोबार सुरु

नेपाली बीमा बजारमा नयाँ ईन्स्योरेन्स कम्पनी जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले आफ्नो कारोबार सुरु गरेको जनाएको...

काठमाडौंको न्यूरोडमा ओम डेभलपमेन्ट बैंकको शाखा विस्तार

काठमाडौंको न्यूरोडमा ओम डेभलपमेन्ट बैंकको शाखा विस्तारमा ल्याएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज...