मैत्रीपूर्ण खेलमा रुस र टर्की १–१ गोलको बराबरीमा

  • admin June 6, 18 6:45 am
  • Comments
  • 21 Views

विश्वकपको तयारीमा रहेको आयोजक रुसले मैत्रीपूर्ण खेलमा टर्कीसँग १–१ गोलको बराबरी खेलेको छ । घरेलु टिम रुसले आफ्नो सुरुवाती अग्रता जोगाउन नसक्दा टर्कीसँग बराबरीमा रोकिएको हो ।
मंगलबार राति भएको खेलमा रुसले खेलको ३५औं मिनेटमा एलेक्जेन्डर समेडोभको गोलबाट अग्रता लिएको थियो । पहिलो हाफमा १–० गोलअन्तरले अघि रहेको रुसले दोस्रो हाफमा आफ्नो अग्रतालाई कायम गर्न सकेन ।
खेलको ५९औं मिनेटमा युनुस माल्लीले गोल गर्दै टर्कीलाई १–१ गोलको बराबरीमा पु¥याएका थिए । बाँकी समयमा दुबै टिमले गोल गर्न नसकेपछि खेल बराबरीमा सकिएको हो । २०१८ को विश्वकप फुटबल रुसका विभिन्न १२ वटा रंगशालामा सञ्चालन हुँदैछ । ३२ राष्ट्रले सहभागिता जनाएको फुटबलको मुम्भ मेलामा यतिबेला सबैको नजर परेको छ । विश्वकप यही जुन १४ तारिखदेखि जुलाई १५ तारिखसम्म हुँदैछ ।

  • न्युज

न्युज

सुन मूल्य तोलामा ३०० रुपैयाँले घट्यो

बिहिबार सुनको मूल्य प्रतितोला ५७ हजार ७०० रुपैयाँ कायम भएको छ । बुधबारको तुलनामा सुन तोलामा...

आज प्रधानमन्त्री ओली र चिनियाँ समकक्षीबीच भेटबार्ता

चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओलीले आज बिहीबार समकक्षी चिनियाँ प्रधानमन्त्री लि खछ्याङसँग भेटवार्ता गर्ने भएका...

आज प्रदेश नं ५ मा बजेटमाथिको सैद्धान्तिक छलफल सकियो

प्रदेश नं. ५ मा आव २०७५÷०७६ का लागि राजश्व र व्ययको अनुमान बजेटमाथिको सैद्धान्तिक छलफल आज...

हिजोदेखि जनरल ईन्स्योरेन्सद्धारा कारोबार सुरु

नेपाली बीमा बजारमा नयाँ ईन्स्योरेन्स कम्पनी जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले आफ्नो कारोबार सुरु गरेको जनाएको...

काठमाडौंको न्यूरोडमा ओम डेभलपमेन्ट बैंकको शाखा विस्तार

काठमाडौंको न्यूरोडमा ओम डेभलपमेन्ट बैंकको शाखा विस्तारमा ल्याएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज...