रसियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै क्रोएसिया सेमिफाइनलमा प्रवेश

  • admin July 8, 18 5:35 am
  • Comments
  • 21 Views

क्रोएसिया विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आयोजक रसियालाई पेनाल्टी सुटआउटमा ४–३ गोलले पराजित गर्दै क्रोएसिया सेमिफाइनलमा पुगेको हो ।

पेनाल्टी सुटआउटमा क्रोएसियाका लागि मार्सेलो ब्रोजोभिक, लुका मोड्रिक, डोमागोज भिडा इभान रकिटिकले गोल गरे । त्यस्तै, क्रोएसियाका लागि माटेओ कोभाकिकले भने पेनाल्टी मिस गरेका थिए ।

रसियाका लागि पेनाल्टी सुटआउटमा एलन जागोएभ, सर्जेइ इग्नाशेभिक र  डेलर कुजियभले गोल गर्न सफल भए । त्यस्तै, फेडर स्मोलोभ, मारियो फेर्नान्डेजले गोल गर्न नसक्दा रसिया पेनाल्टी सुटआउटमा क्रोएसियासँग ४–३ गोलले पराजित भएको हो ।

दुबै टिमले निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटसम्म पनि २–२ गोलको बराबरी खेलेपछि खेल पेनाल्टीमा धकेलिएको थियो ।

डिबक्स बाहिरबाट प्रहार गरेको बललाई मारियो फेर्नान्डेजले खेलको ११५औं मिनेटमा हेडर गोल गर्दै रसियालाई २–२ गोलको बराबरीमा पुर्याएका थिए । यसअघि क्रोएसियाले खेलको १०१ औं मिनेटमा गोल गर्दै अग्रता बनाएको थियो । क्रोएसिया लागि डामागोज भिडाले गोल गर्दै अग्रता दिलाएका थिए ।

रसियाले गोल गरेको ८ मिनेटपछि नै क्रोएसियाले गोल फर्काउँदै बराबरीमा पुर्याएको थियो । डेनिस चेरिशेभले खेलको ३१औं मिनेटमा उत्कृष्ट गोल गर्दै आयोजक रसियालाई १–० गोलको अग्रतामा पुर्याएका थिए । उनले आर्टिम ज्युबाको पासमा शानदार गोल गरेका थिए । चेरिशेभले प्रहार गरेको बल क्रोएसियाका गोलकिपरले ठम्याउनै सकेनन् । खेलको ३९औं मिनेटमा क्रोएसियाका आन्ड्रेज क्रमारिकले हेडर गोल गर्दै खेल १–१ गोलको बराबरीमा पुर्याएका थिए । पहिलो हाफमा दुबै टिमले गोल गर्ने राम्रो अवसर गुमाएका थिए ।

सोचीस्थित फिष्ट रंगशालामा दोस्रो हाफमा भने दुबै टिमले गोल गर्न सकेनन् । गोल गर्ने अवसर एकपछि अर्को दुबै टिमले गुमाएका थिए । निर्धारित ९० मिनेटको समयसम्म दुबै टिमले १–१ गोलको बराबरी खेलेपछि ३० मिनेटको समय थप गरिएको थियो ।

 

  • न्युज

न्युज

ट्रम्प पुटिनको पक्षमा आफ्नै देशको गुप्तचर संस्थालाई छाडे -एफबीआईले सार्वजनिक गरेको विवरण गलत

कुनै मुलुकको राष्ट्रप्रमुखका लागि आफ्नो देशको गुप्तचर विभाग निकै महत्वपूर्ण हुन्छ । यद्यपि अमेरिकी राष्ट्रपति डोनाल्ड...

कतार एयरवेजद्वारा २०१८ फिफा विश्वकप विजेता फ्रान्सलाई बधाई

फिफाको आधिकारिक पार्टनर तथा आधिकारिक एयरलाइन कतार एयरवेजले २०१८ फिफा विश्वकप रुसको विजेता फ्रान्सलाई उत्कृष्ट विजयको...

नबिल बैंकका एकैपटक १२ नयाँ शाखा संचालनमा

नबिल बैंकले एकै पटक १२ वटा शाखा संचालनमा ल्याएको छ । बैंकले कर्णाली प्रदेश तथा प्रदेश...

पत्रकारलाई भत्ता,प्रेस काउन्सिल खारेज हुने

सरकारले जेष्ठ पत्रकारहरुको जीवन निर्वाह भत्ताका लागि अक्षयकोष स्थापना गरेको छ । साथै सरकारले प्रेस काउन्सिललाई...

तनहुँको ऐतिहासिक नगरी बन्दीपुरमा केबुलकार निर्माण गरिने

तनहुँको ऐतिहासिक नगरी बन्दीपुरमा केबुलकार सञ्चालन गरिने भएको छ । आर के बी रियल स्टेट एण्ड...