रेशम चौधरीलाई रिहाई गर्न राजपाको दवाव

  • admin June 7, 18 5:33 am
  • Comments
  • 17 Views

राष्ट्रिय जनता पार्टी, नेपालले पार्टीका सांसद रेशमलाल चौंधरीलाई तत्काल रिहाई गर्न सरकारलाई पुनः दवाव दिन थालेकोे छ ।
पार्टीको बुधबार बसेको अध्यक्ष मण्डल बैठकले ज्यान मार्ने अभियोग अन्तरगत जेल चलान भएका कैलाली क्षेत्र नम्बर १ प्रत्यक्षतर्फका सांसद चौधरीलाई तत्काल रिहा गर्न सरकारलाई दवाव दिएको हो ।
सांसद चौंधरीको रिहा गरी सपथको व्यवस्था गर्न पनि सरकारलाई पुनः दवाव दिनु परेको पार्टीका नेता राजकिशोर यादवले जानकारी दिएका छन् । टीकापुर घटनाको आरोपमा आफ्ना कार्यकर्तामाथि लगाइएको झूटा मुद्दा तत्काल फिर्ता गर्न पनि राष्ट्रिय जनता पार्टी नेपालले सरकारको गम्भिर ध्यानाकर्षण गराएको छ । बैठकमा संविधान संशोधन कहिले गर्ने भनि सरकारको आधिकारिक धारणा माग गर्ने विषयमा पनि छलफल गरिएको नेता यादवले बताए ।
बैठकमा पार्टी संसदीय दल विधान निर्माणका विषय पनि प्रवेश गराइएको छ । संसदीय दलको नेता चयन गर्ने प्रस्तावसहित दलको विधानका विषयमा पनि छलफल सुरु गरिएको नेता यादवले बताए । बैठक निरन्तर जारी रहने र आसन्न पार्टीको महाधिवेशनको तयारीका लागि आवश्यक निर्णय लिने पनि राजपाले जनाएको छ । मंगलबार बसेको अध्यक्ष मण्डल बैठकले कल्पना पाण्डेलाई प्रदेश ५ प्रदेशसभा सदस्यमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

  • न्युज

न्युज

सुन मूल्य तोलामा ३०० रुपैयाँले घट्यो

बिहिबार सुनको मूल्य प्रतितोला ५७ हजार ७०० रुपैयाँ कायम भएको छ । बुधबारको तुलनामा सुन तोलामा...

आज प्रधानमन्त्री ओली र चिनियाँ समकक्षीबीच भेटबार्ता

चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओलीले आज बिहीबार समकक्षी चिनियाँ प्रधानमन्त्री लि खछ्याङसँग भेटवार्ता गर्ने भएका...

आज प्रदेश नं ५ मा बजेटमाथिको सैद्धान्तिक छलफल सकियो

प्रदेश नं. ५ मा आव २०७५÷०७६ का लागि राजश्व र व्ययको अनुमान बजेटमाथिको सैद्धान्तिक छलफल आज...

हिजोदेखि जनरल ईन्स्योरेन्सद्धारा कारोबार सुरु

नेपाली बीमा बजारमा नयाँ ईन्स्योरेन्स कम्पनी जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले आफ्नो कारोबार सुरु गरेको जनाएको...

काठमाडौंको न्यूरोडमा ओम डेभलपमेन्ट बैंकको शाखा विस्तार

काठमाडौंको न्यूरोडमा ओम डेभलपमेन्ट बैंकको शाखा विस्तारमा ल्याएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज...