लञ्चपूर्वनै लिक भए आइफोन एटको विशेषता

  • admin May 20, 18 9:27 am
  • Comments
  • 31 Views

आइफोन एट बजारमा आउनुभन्दा पहिले नै लगभग सबै विशेषताबारे खुलासा भइसकेको छ ।
यो मोडललाई कम्पनीले सेप्टेम्बरमा सार्वजनिक गर्ने निर्णय गरेको छ । कम्पनीले अहिलेसम्म आइफोन एटको विशेषताबारे केही आधिकारिक पुष्टि गरेको छैन । आइफोन एटको लिक भएको तस्बिरबाट यो थाहा हुन्छ कि यसपटक आइफोनको डिजाइनमा निकै परिवर्तन गरिएको छ ।
यसपटक लिक भएका तस्बिरमा सबैभन्दा धेरै यो मोडलको टेम्पर ग्लास र स्क्रिनको चर्चा भइरहेको छ । आइफोन एटको स्क्रिन ५.८ इन्च लामो हुनेछ भने यसको स्क्रिन पनि बेजल–लेस हुनेछ । यसपटक आइफोनको क्यामरामा पनि परिवर्तन देख्न सकिन्छ । लिक भएको तस्बिर अनुसार यसपटक आइफोन एटको ड्युएल क्यामरा तेर्सोको साटो ठाडो हुनसक्छ ।
साथै यसपटक आइफोनको फिंगरप्रिन्ट सेन्सरको अगाडि हुने सम्भावना छ । धेरैजसो मोबाइलमा फिंगरप्रिन्ट सेन्टर पछाडि तर्फ हुन्छ । यो फिचरबाट एप्पल फिंगरप्रिन्ट सेन्सरलाई मोबाइलको पछाडि राख्ने पहिलो कम्पनी बन्ने गर्दछ । आइफोन एटको विशेषतामा यसपटक बायोमेट्रिक सिस्टम पनि समावेश हनेछ ।

  • न्युज

न्युज

सुन मूल्य तोलामा ३०० रुपैयाँले घट्यो

बिहिबार सुनको मूल्य प्रतितोला ५७ हजार ७०० रुपैयाँ कायम भएको छ । बुधबारको तुलनामा सुन तोलामा...

आज प्रधानमन्त्री ओली र चिनियाँ समकक्षीबीच भेटबार्ता

चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओलीले आज बिहीबार समकक्षी चिनियाँ प्रधानमन्त्री लि खछ्याङसँग भेटवार्ता गर्ने भएका...

आज प्रदेश नं ५ मा बजेटमाथिको सैद्धान्तिक छलफल सकियो

प्रदेश नं. ५ मा आव २०७५÷०७६ का लागि राजश्व र व्ययको अनुमान बजेटमाथिको सैद्धान्तिक छलफल आज...

हिजोदेखि जनरल ईन्स्योरेन्सद्धारा कारोबार सुरु

नेपाली बीमा बजारमा नयाँ ईन्स्योरेन्स कम्पनी जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले आफ्नो कारोबार सुरु गरेको जनाएको...

काठमाडौंको न्यूरोडमा ओम डेभलपमेन्ट बैंकको शाखा विस्तार

काठमाडौंको न्यूरोडमा ओम डेभलपमेन्ट बैंकको शाखा विस्तारमा ल्याएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज...