लिक भयो नोकिया एक्सको तस्वीर

  • admin May 14, 18 6:23 am
  • Comments
  • 9 Views

नोकिया ब्राण्डका स्मार्टफोन उत्पादन गर्ने एचएमडी ग्लोबल कम्पनीले हालसम्म बजारमा विभिन्न ५ वटा नोकिया स्मार्टफोन लञ्च गरिसकेको छ ।
आफ्नो फ्लागसीप ह्याण्डसेट नोकिया एक्स छिटै नै सार्वजनिक गर्ने तयारी अहिले कम्पनीले गरिरहेको छ । आगामी मे १६ मा नोकिया एक्स लञ्च हुनेछ ।
नोकिया एक्सको बारेमा लामो समयदेखि चर्चा परिचर्चा भैरहेको छ । यसबीचमा हालै केही अनलाइनहरुमा यो फोनका केही तस्वीरहरु पनि लिक भएका छन् ।
चिनिया माइक्रो ब्लगिङ साइट विबो तथा चिनिया अनलाइन इलेक्ट्रोनिक्स रिटेल सनिंग डट कममा नोकिया एक्सका केही प्रष्ट तस्वीरहरु पोष्ट गरिएको छ ।
ती तस्वीरहरुबाट आसन्न नोकिया एक्सका कतिपय विशेषताहरु छर्लंग हुन्छन् । तस्वीरमा स्मार्टफोनको निलो रंगको भेरिएन्ट देखाइएको छ । जसमा एलइडी फ्लाससँगै डुअल रियर क्यामरा देखिएको छ ।
अर्को एंगलको एक तस्वीरमा फोनको माथिल्लो भागमा ३.५ एमएमको हेडफोन ज्याक पनि देखिन्छ । त्यस्तै डिस्प्लेको तल्लो भागमा नोकियाको ब्राण्ड लोगो पनि राखिएको छ ।
अहिलेसम्म प्राप्त जानकारी अनुसार नोकिया एक्समा १.८ गिगाहर्जको अक्टाकोर प्रोसेसर, एन्ड्रोइड ८.१ ओरियो अपरेटिंग सिस्टम रहनेछ । त्यस्तै ३ जिबी, ४ जिबी र ६ जिबी गरी तिनवटा भेरिएन्टमा स्मार्टफोन उपलब्ध हुनेछ जसमा ३२ तथा ६४ जिबी स्टोरेजको अप्सन रहनेछ ।
नोकिया एक्समा २२८० गुणा १०८० पिक्सल युक्त ५.८ इन्टको फुल एचडी डिस्प्ले हुनेछ । साथै यसमा ३ हजार मिली एम्पियर आवर क्षमताको ब्याट्री हुनेछ ।
नोकिया एक्सको मूल्यको बारेमा कुनै तथ्य बाहिर आएको छैन ।

  • न्युज

न्युज

लञ्चपूर्वनै लिक भए आइफोन एटको विशेषता

आइफोन एट बजारमा आउनुभन्दा पहिले नै लगभग सबै विशेषताबारे खुलासा भइसकेको छ । यो मोडललाई कम्पनीले...

सुनको मूल्य बढ्यो

आइतबार सुनको मूल्य प्रति तोलामा ३०० रुपैयाँले बढेको छ । आज छापावाला सुन तोलामा ५८ हजार...

मन्त्रिपरिषद बैठक बस्दै

एमाले र माओवादी एकीकरण भएपछि नेपाल कम्युनिष्ट पार्टीे आज पहिलो पटक मन्त्रिपरिषद बैठक बस्दैछ । बैठक...

पूर्वी नवलपरासीमा नेपालकै सबैभन्दा ठूलो सिमेन्ट उद्योग होङ्सी शिवम स्थापना

पूर्वी नवलपरासीमा स्थापना भएको नेपालको सबैभन्दा ठूलो सिमेन्ट उद्योगले व्यावसायिक उत्पादन थालेको छ । नेपालको शारदा...

पहिरो पन्छाएपछि सडक दुईतर्फी सञ्चालन

पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक दुईतर्फी सन्चालनमा आएको छ । आइतबार बिहान ५ः३० बजे इच्छाकामना गाउँपालिका–६, कालीखोलामा...