वानाक्राई मालवेयर साइबर आक्रमणमा उत्तर कोरियाको संलग्नता रहेको अमेरिकाको आरोप

  • admin December 19, 17 11:23 am
  • Comments
  • 146 Views

अमेरिकाले वानाक्राई मालवेयर साइबर आक्रमणमा उत्तर कोरियाको संलग्नता रहेको आरोप लगाएको छ । अस्पताल, बैंक तथा व्यवसायीसंग सम्बन्धित सो साइबर आक्रमणमाउत्तर कोरिया जिम्मेवार रहेको अमेरिकी प्रशासनले आरोप लगाएको छ । सो साईबर आक्रमणमा उत्तर कोरिया नै दोषी भएको भन्दै राष्ट्रपति डोनाल्ड ट्रम्पका सल्लाहकार थोमस बोसर्टले आरोप लगाएको स्ट्रिट जर्नल पत्रिकालाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ । प्राप्त प्रमाणका आधारमा मात्र सो आरोप लगाईएको बोसर्टको दाबी छ । यस्तो आक्रमणका विषयमा अमेरिकाले कुनै पनि देशलाई प्रत्यक्ष आरोप लगाएको यो पहिलो पटक हो । वानाक्राई नामक सो आक्रमणले १ सय ५० देशका करीब ३ लाखभन्दा बढी कम्प्युटर आक्रमण गरि अर्बौंको क्षति पुर्‍याएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

  • न्युज

न्युज

सुन मूल्य तोलामा ३०० रुपैयाँले घट्यो

बिहिबार सुनको मूल्य प्रतितोला ५७ हजार ७०० रुपैयाँ कायम भएको छ । बुधबारको तुलनामा सुन तोलामा...

आज प्रधानमन्त्री ओली र चिनियाँ समकक्षीबीच भेटबार्ता

चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओलीले आज बिहीबार समकक्षी चिनियाँ प्रधानमन्त्री लि खछ्याङसँग भेटवार्ता गर्ने भएका...

आज प्रदेश नं ५ मा बजेटमाथिको सैद्धान्तिक छलफल सकियो

प्रदेश नं. ५ मा आव २०७५÷०७६ का लागि राजश्व र व्ययको अनुमान बजेटमाथिको सैद्धान्तिक छलफल आज...

हिजोदेखि जनरल ईन्स्योरेन्सद्धारा कारोबार सुरु

नेपाली बीमा बजारमा नयाँ ईन्स्योरेन्स कम्पनी जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले आफ्नो कारोबार सुरु गरेको जनाएको...

काठमाडौंको न्यूरोडमा ओम डेभलपमेन्ट बैंकको शाखा विस्तार

काठमाडौंको न्यूरोडमा ओम डेभलपमेन्ट बैंकको शाखा विस्तारमा ल्याएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज...