सहरी विकासमा साढे ३३ अर्ब बजेट विनियोजन

  • admin May 30, 18 8:33 am
  • Comments
  • 54 Views

 


सरकारले आगामी आर्थिक वर्ष ०७५र७६ का लागि भवन र सहरी विकासतर्फ ३३ अर्ब ३७ करोड ८९ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । सरकारले जनता आवास, मेगा सिटी, संसद् भवन निर्माणलगायतका लागि सो रकम विनियोजन गरेको हो । अर्थमन्त्री खतिवडाले सघन सहरीकरण कार्यक्रम अन्तरगत तराईका २१ जिल्लामा सदरमुकाम सहरहरुको पूर्वाधार विकास तथा सौन्दर्यीकरणका लागि आयोजना सञ्चालन गरिने पनि उल्लेख गरिएको छ । तर उक्त कार्यका लागि कति बजेट छुट्याएको भन्ने बारेमा बजेटमा समेटिएको छैन् ।

 

मेगा, हरित र स्मार्ट सिटीको प्रसंग यसपटक पनि दोहोरियो
सरकारले सम्भाव्यताका आधारमा सहरहरूलाई मेगा सिटी, हरित सहर र स्मार्ट सिटीका रूपमा विकास गर्न बजेट विनियोजन गरेको छ । अर्थमन्त्रीले बजेट प्रस्तुत गर्दै सरकारले मनोरञ्जनलगायत अत्यावश्यक सुविधासहितको सहरी पूर्वाधार निर्माणमा जोड दिइने बताएको छ । साथै, ऐतिहासिक एवं सांस्कृतिक महत्वका सहरहरूको पुनरुत्थान गर्न कार्यक्रम सञ्चालन गरिनेसमेत सरकारले घोषणा गरेको छ ।

सरकारले संघीय संसद् भवन निर्माण सुरु गर्न आवश्यक बजेट विनियोजन गरेको छ । प्रदेश राजधानी र स्थानीय तहका केन्द्रहरूको एकीकृत पूर्वाधार विकास गुरुयोजना तयार गर्न आवश्यक बजेटको व्यवस्था गरिनेसमेत सरकारले बताएको छ । त्यस्तै, सरकारले बुटवलमा निर्माणाधीन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रको निर्माणका लागि आवश्यक बजेट विनियोजन गरेको छ  ।

  • न्युज

न्युज

सुन मूल्य तोलामा ३०० रुपैयाँले घट्यो

बिहिबार सुनको मूल्य प्रतितोला ५७ हजार ७०० रुपैयाँ कायम भएको छ । बुधबारको तुलनामा सुन तोलामा...

आज प्रधानमन्त्री ओली र चिनियाँ समकक्षीबीच भेटबार्ता

चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओलीले आज बिहीबार समकक्षी चिनियाँ प्रधानमन्त्री लि खछ्याङसँग भेटवार्ता गर्ने भएका...

आज प्रदेश नं ५ मा बजेटमाथिको सैद्धान्तिक छलफल सकियो

प्रदेश नं. ५ मा आव २०७५÷०७६ का लागि राजश्व र व्ययको अनुमान बजेटमाथिको सैद्धान्तिक छलफल आज...

हिजोदेखि जनरल ईन्स्योरेन्सद्धारा कारोबार सुरु

नेपाली बीमा बजारमा नयाँ ईन्स्योरेन्स कम्पनी जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले आफ्नो कारोबार सुरु गरेको जनाएको...

काठमाडौंको न्यूरोडमा ओम डेभलपमेन्ट बैंकको शाखा विस्तार

काठमाडौंको न्यूरोडमा ओम डेभलपमेन्ट बैंकको शाखा विस्तारमा ल्याएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज...