साउन १ गतेदेखि टेलिफोन र इन्टरनेटको महंगिने

  • admin July 9, 18 8:08 am
  • Comments
  • 18 Views

सरकारले दूरसञ्चार शुल्कमा वृद्धि गर्दै इन्टरनेट सेवामा पनि शुल्क लगाएपछि फोन तथा इन्टरनेट सेवा महंगिने भएको छ । इन्टरनेट सेवा प्रदायकले उक्त शुल्क उपभोक्ताबाट उठाउने भएपछि इन्टरनेट शु्ल्क कम्तीमा १४ प्रतिशत महंगो हुने भएको हो ।
निजी मोबाइल सेवा प्रदायक एनसेलले साउन १ गतेदेखि फोन र इन्टरनेट सेवा शुल्क समायोजन गर्ने जानकारी गराएको छ । नेपाल टेलिकमले पनि साउनबाट मूल्य समायोजन गर्ने प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन् । उनकाअनुसार बढेको शुल्कअनुसार नै सेवाहरुमा शुल्क वृद्धि गरिनेछ ।
इन्टरनेट सेवा प्रदायक (आईएसपी) हरुले पनि साउन १ गतेबाट इन्टरनेटको शुल्क वृद्धि गर्ने तयारी गरेका छन् । सरकारले टेलिफोन सेवा प्रदायकका हकमा मात्र लगाउँदै आएको यो दःतुर इन्टरनेट सेवामा पनि विःतार गरेको छ ।
टेलिफोनमा ११ प्रतिशत रहेको दःतुर १३ प्रतिशत र्पुयाएर इन्टरनेट सेवामा पनि सोही दरमा लगाउन थालिएको हो । अब सबै सेवामा मूल्य अभिवृद्धि कर (भ्याट) पनि लाग्नेछ । टेलिफोन सेवामा करिब ३ प्रतिशत मूल्य बढ्ने अनुमान छ ।
सुविसुका संःथापक सुधीर पराजुलीले इन्टरनेट सेवाको मूल्य १४.३ प्रतिशतले महंगिने बताए । सरकारले लगाएको नयाँ करको भार आफूहरुले नबोक्ने उनले बताए । पराजुलीका अनुसार सरकारले लगाएको थप कर उपभोक्ताबाटै असुलिनेछ ।
‘हामीले सरकारकारसँग छलफल र्गयौं । सरकारले उपभोक्ताबाट उठाएर बढेको शुल्क लिन भनेको छ,’ पराजुलीले भने,’अब इन्टरनेट सेवाको त्यसैअनुसार मूल्य समायोजन गर्छौं ।’
सरकारले बजेटमार्फत इन्टरनेट सेवामा पनि पनि दूरसञ्चार सेवा दःतुर लगाउन सुरु गरेको छ । यसअघि नलिइने यःतो दःतुर एकैपटक १३ प्रतिशत र्पुयाएपछि इन्टरनेट सेवा प्रदायक कम्पनीले विरोध गर्दै आएका छन् । तर, सरकारले नसुनेपछि अब त्यसको भार उपभोक्तामाथि नै थोपर्ने योजना सेवा प्रदायकले बनाएका छन् ।
राजस्व सचिव शिशिर ढुंगाना इन्टरनेटको प्रयोगले टेलिफोनको ‘भ्वाइस सेवा’को प्रयोग घटाउँदै लगेकाले इन्टरनेटमा पनि दूरसञ्चार दस्तुर लगाइएको बताउँछन् ।
‘आज(भोलि भाइबर, वि(च्याट, ह्वाट्स एप लगायतको प्रयोगबाट धेरै भ्वाइस कल हुन्छ,’ ढुंगानाले भने,’ भ्वाइस कल इन्टरनेटतर्फ ट्रान्सफर भएकाले नै हामीले इन्टरनेटमा दूरसञ्चार दःतुर लिन सुरु गरेका हौं ।’
सुविसुका संःथापक पराजुली भने त्यःता ओटीटीहरु नेपालमा प्रतिवन्ध गरे यःतो समःया नै नआउने बताउँछन् । उनले ब्रोडब्यान्ड नीतिको विपरीत हुने गरी सरिकारले इन्टरनेटमा दूरसञ्चार दःतुर लगाएको आरोप लगाउँछन् । इन्टरनेट सेवामा दःतुर लगाएमा करिब २ अर्ब राजःव थपिने अनुमान सरकारको छ ।
‘दूरसञ्चार क्षेत्रको आम्दानी भ्वाइसओभर कललाई ओटीटीहरुले विःतारै(विःतारै विःथापित गर्दै लगेको छ । त्यसैले त्यसको हिःसा कतै न कतै इन्टरनेटमा त छ भनेर हामीले दःतुर लगाएका हौं,’ राजःव सचिव ढुंगानाले प्रष्ट पारे ।

  • न्युज

न्युज

ट्रम्प पुटिनको पक्षमा आफ्नै देशको गुप्तचर संस्थालाई छाडे -एफबीआईले सार्वजनिक गरेको विवरण गलत

कुनै मुलुकको राष्ट्रप्रमुखका लागि आफ्नो देशको गुप्तचर विभाग निकै महत्वपूर्ण हुन्छ । यद्यपि अमेरिकी राष्ट्रपति डोनाल्ड...

कतार एयरवेजद्वारा २०१८ फिफा विश्वकप विजेता फ्रान्सलाई बधाई

फिफाको आधिकारिक पार्टनर तथा आधिकारिक एयरलाइन कतार एयरवेजले २०१८ फिफा विश्वकप रुसको विजेता फ्रान्सलाई उत्कृष्ट विजयको...

नबिल बैंकका एकैपटक १२ नयाँ शाखा संचालनमा

नबिल बैंकले एकै पटक १२ वटा शाखा संचालनमा ल्याएको छ । बैंकले कर्णाली प्रदेश तथा प्रदेश...

पत्रकारलाई भत्ता,प्रेस काउन्सिल खारेज हुने

सरकारले जेष्ठ पत्रकारहरुको जीवन निर्वाह भत्ताका लागि अक्षयकोष स्थापना गरेको छ । साथै सरकारले प्रेस काउन्सिललाई...

तनहुँको ऐतिहासिक नगरी बन्दीपुरमा केबुलकार निर्माण गरिने

तनहुँको ऐतिहासिक नगरी बन्दीपुरमा केबुलकार सञ्चालन गरिने भएको छ । आर के बी रियल स्टेट एण्ड...