सामसुङकोे नयाँ सर्भिस् सेन्टर हेटौंडामा शुभारम्भ

  • admin May 18, 18 7:24 am
  • Comments
  • 33 Views

सामसुङ नेपालले हालै मकवानपुरको हेटौंडामा आफ्नो आधिकारिक सर्भिस् सेन्टर शुभारम्भ गरेको छ ।
नारायणी महलको तेस्रो तल्लामा अवस्थित सर्भिस् सेन्टरको सामसुङ ईण्डियाका उपाध्यक्ष वाई वि वनलले शुभारम्भ गरेका छन् ।
सामसुङले विक्री पछिको गुणस्तरीय सेवा तथा निरन्तर ग्राहक मुखी सेवा प्रदान गर्ने उद्देश्य सहित कम्पनीले आफ्नो १३ औं आधिकारिक सर्भिस् सेन्टर हेटौंडामा खोलेको जनाएको छ । यसअघि कम्पनीले काठमाडौं (सुन्धारा, पाको, कमलादी) जावलाखेल, पोखरा, नारायणगढ, इटहरी, विरगञ्ज, नेपालगञ्ज, विराटनगर, बुटबल तथा विर्तामोडमा आफ्नो आधिकारिक सर्भिस सेन्टरहरु खोलिसकेको छ ।
सर्भिस सेन्टरका प्रमुख राजन भट्टराईले ग्राहकहरुका माझ प्रस्तुत गरिएका सर्भिस् सेन्टरहरुले भरपर्दाे एवं सुलभ सेवा प्रदान गर्ने विश्वास कम्पनीले लिएको तथा सर्भिस सेन्टरहरुबाट वारेन्टी भएका तथा नभएका दुबै किसिमका सामसुङ मोबाइलहरुको मर्मत सम्बन्धी सेवा प्रदान गरिने बताएका छन् ।

 

  • न्युज

न्युज

सुन मूल्य तोलामा ३०० रुपैयाँले घट्यो

बिहिबार सुनको मूल्य प्रतितोला ५७ हजार ७०० रुपैयाँ कायम भएको छ । बुधबारको तुलनामा सुन तोलामा...

आज प्रधानमन्त्री ओली र चिनियाँ समकक्षीबीच भेटबार्ता

चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओलीले आज बिहीबार समकक्षी चिनियाँ प्रधानमन्त्री लि खछ्याङसँग भेटवार्ता गर्ने भएका...

आज प्रदेश नं ५ मा बजेटमाथिको सैद्धान्तिक छलफल सकियो

प्रदेश नं. ५ मा आव २०७५÷०७६ का लागि राजश्व र व्ययको अनुमान बजेटमाथिको सैद्धान्तिक छलफल आज...

हिजोदेखि जनरल ईन्स्योरेन्सद्धारा कारोबार सुरु

नेपाली बीमा बजारमा नयाँ ईन्स्योरेन्स कम्पनी जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले आफ्नो कारोबार सुरु गरेको जनाएको...

काठमाडौंको न्यूरोडमा ओम डेभलपमेन्ट बैंकको शाखा विस्तार

काठमाडौंको न्यूरोडमा ओम डेभलपमेन्ट बैंकको शाखा विस्तारमा ल्याएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज...