सामसुङ विरुद्धको मुद्दा एप्पलले जित्यो

  • admin May 27, 18 9:25 am
  • Comments
  • 23 Views

अमेरिकी कम्पनी एप्पल र दक्षिण कोरियाली कम्पनी सामसुङबीच ७ वर्षदेखि चलिरहेको पेटेन्ट डिजाइन चोरीको मुद्दा एप्पल कम्पनीले जितेको छ ।
सोसँगै एप्पलले सामसुङबाट झण्डै ५७ अर्ब रुपैयाँ बराबरको रकम क्षतिपूर्तिबापत पाउनेछ ।
डिजाइन चोरीको मुद्दामा अमेरिकी अदालतले सामसुङलाई दोषी ठहर गर्दै एप्पललाई क्षतिपूर्ति रकम दिन सामसुङका नाममा आदेश दिएको हो ।
स्मरण रहोस् एप्पलले सामसुङ विरुद्ध सन् २०११ मा एक मुद्दा दर्ता गरेको थियो । एप्पलको पेटेन्ट रहेको आइफोनको डिजाइन सामसुङले चोरी गरेको आरोप लगाइएको थियो । सुरुवाती फैसलामा पनि अदालतले सामसुङलाई दोषी ठहर गर्दै १ अर्ब डलर क्षतिपूर्तिको फैसला गरेको थियो । क्षतिपूर्ति रकम निकै बढि रहेको भन्दै सामसुङले पुनरावेदन गरेको थियो ।
माथिल्लो अदालतले पुनः सामसुङलाई नै दोषी ठहर गर्यो । तर क्षतिपूर्ति रकम चाहीँ केही घटायो ।
एप्पलले अदालतको फैसलाप्रति खुसी व्यक्ति गर्दै आफ्नो लागि उक्त मुद्दाको जित पैसा भन्दा ठूलो रहेको जनाएको छ ।
सामसुङले तीनवटा डिजाइन पेटेन्ट र दुईवटा युटिलिटी पेटेन्ट चोरी गरेको आरोप एप्पलले लगाएको थियो ।
पेटेन्ट चोरीमा झण्डै ५७ अर्ब क्षतिपूर्तिको फैसला गरेको अदालतले पेटेन्ट फंक्सन नष्ट गरेको छुट्टै मुद्दामा सामसुङमाथि झण्डै ५५ करोड जरिवाना सुनाएको छ ।

  • न्युज

न्युज

सुन मूल्य तोलामा ३०० रुपैयाँले घट्यो

बिहिबार सुनको मूल्य प्रतितोला ५७ हजार ७०० रुपैयाँ कायम भएको छ । बुधबारको तुलनामा सुन तोलामा...

आज प्रधानमन्त्री ओली र चिनियाँ समकक्षीबीच भेटबार्ता

चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओलीले आज बिहीबार समकक्षी चिनियाँ प्रधानमन्त्री लि खछ्याङसँग भेटवार्ता गर्ने भएका...

आज प्रदेश नं ५ मा बजेटमाथिको सैद्धान्तिक छलफल सकियो

प्रदेश नं. ५ मा आव २०७५÷०७६ का लागि राजश्व र व्ययको अनुमान बजेटमाथिको सैद्धान्तिक छलफल आज...

हिजोदेखि जनरल ईन्स्योरेन्सद्धारा कारोबार सुरु

नेपाली बीमा बजारमा नयाँ ईन्स्योरेन्स कम्पनी जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले आफ्नो कारोबार सुरु गरेको जनाएको...

काठमाडौंको न्यूरोडमा ओम डेभलपमेन्ट बैंकको शाखा विस्तार

काठमाडौंको न्यूरोडमा ओम डेभलपमेन्ट बैंकको शाखा विस्तारमा ल्याएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज...