सिस्नेखोलादेखि सतुंगल जोड्ने सुरुङमार्ग निर्माणका लागि जाइकाको स्वीकृति कुर्दै

  • admin July 6, 18 7:15 am
  • Comments
  • 35 Views

सिस्नेखोलादेखि सतुंगल जोड्ने सुरुङमार्ग निर्माणका लागि सडक विभागले अहिले जाइकाको स्वीकृति कुरिरहेको छ ।सडक विभागले करिब २० दिन अघि जाइकासँग स्वीकृति माग गर्दै पत्र पठाएको थियो । जाइकाको स्वीृकति नआइसकेकाले अहिले टेन्डरको काम अघि बढ्न सकेको  छैन । जाइकाको स्वीकृति आएसँगै निर्माण कम्पनी छनौटको लागि टेन्डर आह्वान गर्ने सडक विभागको वैदेशिक महासाखाका प्रमुख सञ्जय श्रेष्ठ बताउँछन् । विभागले यसका लागि आवश्यक विस्तृत परियोजना प्रतिवेदन ( डीपीआर ) तयार गरिसकेको छ ।

‘हामीले सबैजसो काम सकिसक्यौं, अब जाइकाले अनुमति दिएसँगै टेन्डर आह्वानका लागि सूचना प्रकाशित गर्नेछौं’, श्रेष्ठले भने । सुरुङमार्गको डिजाइन जापान सरकारले तयार गरिसकेको छ । सुरुङमार्गका लागि जापान सरकारले १५ अर्ब रुपैयाँ ऋण दिने सम्झौता भइसकेको छ । जापानले ०.०१ प्रतिशत व्याजदरमा ४० वर्षका लागि ऋण उपलब्ध गराउने सम्झौतामा उल्लेख छ । उक्त परियोजनामा १६ अर्ब लागत अनुमान गरिएको छ ।

सरकारले आगामी आर्थिक वर्ष २०७५/०७६ को बजेटमा पनि यो आयोजनाको निर्माण सुरु गर्ने भनेको छ । नौबीसेदेखि थानकोटसम्मको सडक खण्ड घुमाउरो र उकालो ओरालो भएका कारण यो क्षेत्रमा ट्राफिक जाम हुने गरेको छ । यस्तो ट्राफिक जाम न्युनिकरण गर्ने भन्दै सरकारले यस्तो योजना अघि सारेको हो ।

श्रेष्ठका अनुसार सुरुङको लम्बाइ २.३५ किलोमिटर हुनेछ । अहिले नौबीसे देखि काठमाडौ प्रवेश गर्न तीन घन्टासम्म पनि जाममा बस्नुपर्ने बाध्यता छ । यो सुरुङमार्ग निर्माण गरेसँगै भने यो छोटिएर २० मिनेटमा झर्ने श्रेष्ठ बताउँछन् ।

उनका अनुसार दुवैतर्फका सडक बेला–बेलामा दुई लेनमा परिणत हुने र कुनै बेला एक लेनमा खुम्चिन्छन् । एकापट्टिको सडक दुई लेन हुँदा अर्काेपट्टि एक लेन हुन्छ, जुन फेरबदल भइरहन्छ । १२ मिटर चौडाइको सुरुङमार्गमा दुवैतिर पैदलयात्रीका लागि १/ १ मिटरको पेटी राखिने छ । सुरुङमा भेन्टिलेटर र जेट फ्यान जडान गरिनेछ । आकस्मिक समयमा उद्धारका लागि अर्को एक लेनको सहायक सुरुङ पनि बनाइनेछ ।

 

  • न्युज

न्युज

ट्रम्प पुटिनको पक्षमा आफ्नै देशको गुप्तचर संस्थालाई छाडे -एफबीआईले सार्वजनिक गरेको विवरण गलत

कुनै मुलुकको राष्ट्रप्रमुखका लागि आफ्नो देशको गुप्तचर विभाग निकै महत्वपूर्ण हुन्छ । यद्यपि अमेरिकी राष्ट्रपति डोनाल्ड...

कतार एयरवेजद्वारा २०१८ फिफा विश्वकप विजेता फ्रान्सलाई बधाई

फिफाको आधिकारिक पार्टनर तथा आधिकारिक एयरलाइन कतार एयरवेजले २०१८ फिफा विश्वकप रुसको विजेता फ्रान्सलाई उत्कृष्ट विजयको...

नबिल बैंकका एकैपटक १२ नयाँ शाखा संचालनमा

नबिल बैंकले एकै पटक १२ वटा शाखा संचालनमा ल्याएको छ । बैंकले कर्णाली प्रदेश तथा प्रदेश...

पत्रकारलाई भत्ता,प्रेस काउन्सिल खारेज हुने

सरकारले जेष्ठ पत्रकारहरुको जीवन निर्वाह भत्ताका लागि अक्षयकोष स्थापना गरेको छ । साथै सरकारले प्रेस काउन्सिललाई...

तनहुँको ऐतिहासिक नगरी बन्दीपुरमा केबुलकार निर्माण गरिने

तनहुँको ऐतिहासिक नगरी बन्दीपुरमा केबुलकार सञ्चालन गरिने भएको छ । आर के बी रियल स्टेट एण्ड...