हैदराबादले बैंग्लोरलाई ५ रनले हरायो

  • admin May 8, 18 5:05 am
  • Comments
  • 66 Views

इण्डियन प्रिमियर लिग आईपीएल अन्तर्गत आइतबार राती भएको खेलमा सनराइजर्स हैदराबाद विजयी भएको छ ।
१४६ रनको सामान्य लक्ष्य रक्षा गर्दै हैदराबादले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ५ रनले हराएको छ । हैदराबादको यो जितका कारण विराट कोहलीको टिम बैंग्लोरलाई इलिमिनेसनको दबाब बढेको छ ।
टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले २० ओभरमा सबै विकेट गुमाउँदै १४६ रन बनाएको थियो । अन्तिम चार ओभरमा ३४ रन बनाउन सात विकेट गुमाएको हैदराबादका लागि केन विल्यमसनले ५६ रनको कप्तानी पारी खेले । शकिव अल हसनले पनि ३५ रनको योगदान दिए । बलिङ तर्फ टिम साउथी र मोहम्मद सिराजले ३–३ विकेट लिएका थिए ।
१४७ रनको लक्ष्य पछ्याएको बैंग्लोर २० ओभरमा ६ विकेट गुमाउँदै १४१ रनमा समेटियो । हैदराबादका लागि विराट कोहलीले सर्र्वािधक ३९ रन बनाए भने कोलिन डि ग्राण्डहोमले ३३ रन बनाए । अन्य ब्याट्सम्यानको प्रदर्शन अझ खराब रह्यो । मन्दिप सिंहले २१ र पार्थिव पटेलले २० को योगदान दिए ।
हैदराबादलाई जित दिलाउनका लागि बलिङ तर्फ शकिव अल हसनले २ विकेट लिए भने सन्दिप शर्मा, भुवनेश्वर कुमार, सिद्धार्थ कैलले १–१ विकेट लिए ।
जितसँगै हैदराबाद १० खेलबाट १६ अंक बनाउँदै आईपीएल तालिकाको शीर्ष स्थानमा उक्लिएको छ भने बैंग्लोर समान खेलबाट ६ अंक सहित छैटौं स्थानमा छ ।

  • न्युज

न्युज

फ्रान्सले जित्यो विश्वकप फुटबलको उपाधि

रसियामा जारि विश्वकप फुटबल प्रतियोगितामा फ्रान्सले क्रोएसियालाई पराजित गर्दै उपाधि जितेको छ। फ्रान्सको यो दोस्रो विश्वकप...

सानिमा बैंकद्वारा १० लाख सहयोग

शैक्षिक क्षेत्रमा थप टेवा पुर्याउने हेतुले सानिमा बैंकद्वारा टीच फर नेपाललाई १० लाख सहयोग गरेको छ...

सप्तकोशी नदीमा पानीको बहाव बढ्दै, ५२ मध्ये २९ ढोका मात्र खुल्ला

पूर्वी तथा पश्चिमी पहाडी जिल्लामा लगातार परेको अविरल वर्षाका कारणसप्तकोशी नदीमा पानीको बहाव बढेकाले केशी ब्यारेजको...

बाटो काट्न फेरि कडाइ गरिँदै, पहिलो चरणमा सचेतना कार्यक्रम

ट्राफिक महाशाखाले जथाभावी बाटो काट्नेलाई कारबाही गर्ने भएको छ । काठमाडौं उपत्यकाका विभिन्न १३ स्थानमा आजदेखि...

एनआईसी एशियाको दुई स्थानमा शाखारहित बैंकिङ्ग सेवा विस्तार

एनआईसी एशिया बैंकले दुई स्थानमा शाखा रहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । बैंकले पर्वत जिल्ला,...