हैदरावाद चेन्नेई सुपरकिङ्ससँग ८ विकेटले पराजित

  • admin May 14, 18 6:00 am
  • Comments
  • 10 Views

इन्डियन प्रिमियर लिगमा सनराईजर्स हैदरावादले तेस्रो हार ब्यहोरेको छ । आइतबार भएको खेलमा हैदरावाद चेन्नेई सुपरकिङ्ससँग ८ विकेटले पराजित भयो ।
पुणेमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको हैदरावादले २० ओभरमा ४ विकेट गुमाउँदै एक सय ७९ रन बनाएको थियो । उसका लागि ओपनर शिखर धवनले ७९ तथा कप्तान केन विलियम्सनले ५१ रन बनाए । यस्तै दिपक हुडाले २१ रनको योगदान गरे ।
जवाफमा चेन्नेईले १९ ओभरमा मात्र दुई विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । उसका जितमा अम्बाती राईडुले अविजीत एक सय रन प्रहार गरे ।
यस्तै शेन वाट्सनले ५७ र कप्तान महेन्द्रसिंह धोनीले २० रन बनाए । जितपछि शिर्ष स्थानमा रहेको हैदरावादसँगको दुरी दुई अंकमा झारेको छ । चेन्नेइले प्लेअफमा स्थान बनाएको छ ।

  • न्युज

न्युज

लञ्चपूर्वनै लिक भए आइफोन एटको विशेषता

आइफोन एट बजारमा आउनुभन्दा पहिले नै लगभग सबै विशेषताबारे खुलासा भइसकेको छ । यो मोडललाई कम्पनीले...

सुनको मूल्य बढ्यो

आइतबार सुनको मूल्य प्रति तोलामा ३०० रुपैयाँले बढेको छ । आज छापावाला सुन तोलामा ५८ हजार...

मन्त्रिपरिषद बैठक बस्दै

एमाले र माओवादी एकीकरण भएपछि नेपाल कम्युनिष्ट पार्टीे आज पहिलो पटक मन्त्रिपरिषद बैठक बस्दैछ । बैठक...

पूर्वी नवलपरासीमा नेपालकै सबैभन्दा ठूलो सिमेन्ट उद्योग होङ्सी शिवम स्थापना

पूर्वी नवलपरासीमा स्थापना भएको नेपालको सबैभन्दा ठूलो सिमेन्ट उद्योगले व्यावसायिक उत्पादन थालेको छ । नेपालको शारदा...

पहिरो पन्छाएपछि सडक दुईतर्फी सञ्चालन

पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक दुईतर्फी सन्चालनमा आएको छ । आइतबार बिहान ५ः३० बजे इच्छाकामना गाउँपालिका–६, कालीखोलामा...