होण्डा जेनुएन ईन्जिन आयलको नयाँ प्याक नेपालमा

  • admin March 22, 18 9:08 am
  • Comments
  • 56 Views

नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्गले “होण्डा जेनुएन ईन्जिन आयल” को नयाँ प्याकलाई नेपालमा लन्च गरेको छ ।
जापानिज कम्पनीद्वारा उत्पादित होण्डा जेनुएन ईन्जिन आयललाई नेपालमा स्याकार टे«डिङ्ग कम्पनीले बिक्री वितरण गर्ने बुधबार आयोजित कार्यक्रममार्फत जानकारी दिइयो ।
होण्डा बाइक तथा स्कुटरहरुको लागि अति उपयुक्त “होण्डा जेनुएन ईन्जिन आयल” ले अधिक्तम पर्फमेन्स प्रदान गर्ने कम्पनीको दाबी छ । कम्पनीले गुणस्तरको प्रतिबद्धता, ग्राहकहरुको सहज उपलब्धताका लागि प्रभावकारी बजार व्यवस्थापन लगायत विषयमा प्रतिबद्धता जनाएको छ ।
नवीनतम टेक्नोलोजीहरुको प्रयोग गरी उत्पादन गरिएको होण्डा ४–स्ट्रोक मोटरसाइकल ईन्जिन र ४–स्ट्रोक स्कुटर ईन्जिन आयल मा सर्वाेत्कृष्ट क्वालिटी रहेको छ । आजको राइडिङ्ग परिस्थितिलाई मध्यनजर गर्दै उत्पादित ईन्जिन आयलले उच्चतम ईन्जिन पर्फमेन्स प्रदान गर्ने पनि जनाइएको छ ।

  • न्युज

न्युज

सुन मूल्य तोलामा ३०० रुपैयाँले घट्यो

बिहिबार सुनको मूल्य प्रतितोला ५७ हजार ७०० रुपैयाँ कायम भएको छ । बुधबारको तुलनामा सुन तोलामा...

आज प्रधानमन्त्री ओली र चिनियाँ समकक्षीबीच भेटबार्ता

चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओलीले आज बिहीबार समकक्षी चिनियाँ प्रधानमन्त्री लि खछ्याङसँग भेटवार्ता गर्ने भएका...

आज प्रदेश नं ५ मा बजेटमाथिको सैद्धान्तिक छलफल सकियो

प्रदेश नं. ५ मा आव २०७५÷०७६ का लागि राजश्व र व्ययको अनुमान बजेटमाथिको सैद्धान्तिक छलफल आज...

हिजोदेखि जनरल ईन्स्योरेन्सद्धारा कारोबार सुरु

नेपाली बीमा बजारमा नयाँ ईन्स्योरेन्स कम्पनी जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले आफ्नो कारोबार सुरु गरेको जनाएको...

काठमाडौंको न्यूरोडमा ओम डेभलपमेन्ट बैंकको शाखा विस्तार

काठमाडौंको न्यूरोडमा ओम डेभलपमेन्ट बैंकको शाखा विस्तारमा ल्याएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज...