‘स्थिरतापछि अर्थतन्त्रलाई उत्पादनमुखी बनाउन सहज’

  • admin January 11, 18 9:36 am
  • Comments
  • 179 Views

पूर्व अर्थमन्त्री शंकरप्रसाद कोइरालालाले देशको आयातमुखी अर्थतन्त्रलाई उत्पादनमुखी बनाउन उपयुक्त समय आएको बताएका छन् । देश राजनीतिक स्थिरतातर्फ अग्रसर रहेका बेला अर्थतन्त्रलाई उत्पादनमुखी बनाउन सहज हुने उनको भनाई थियो ।

बिहीवार काठमाडौंमा आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको ‘आर्थिक समृद्धिका लागि साना तथा मझौला उद्योगको भूमिका’, विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वमन्त्री कोइरालाले राजनीतिक दलहरुको घोषणापत्रमा विकास प्रतिको एजेण्डा साझा बन्दै गएकाले देशमा आर्थिक गतिविधिले प्राथमिकता पाउने अपेक्षा गर्न सकिने बताए ।

कार्यक्रममा साना तथा मझौला व्यवसायी महासङ्घका अध्यक्ष बाबुकाजी महर्जनले देशको नीतिमा साना व्यवसायीलाई उपेक्षा गरिएको गुनासो गरेका छन् । साना तथा मझौला उद्यम क्षेत्रमा वित्तीय संकट मुख्य समस्याका रुपमा देखिएपनि सरकारले यसको समस्या समाधानका लागि कुनै नीति ल्याउन नसकेको उनको दुःखेसो थियो । अष्ट्रेलियन नेशनल यूनिभर्सीटीका डा.रमेश पौडेलले देशभित्र साना तथा मझौला उद्योगका लागि चाहिने पर्याप्त पूँजी र मानवीय स्रोत भएपनि आर्थिक नीतिको अभावमा उद्योगहरुले समस्या झेल्नु परेको बताए ।

देशमा भएका कुल उद्योगहरुमध्ये ८६ प्रतिशत साना तथा मझौला उद्योगहरुको हिस्सा रहेको र यसले ७६ प्रतिशत रोजगारी सृजना गरिरहेको महासङ्घको दावी छ ।

  • न्युज

न्युज

नबिकेपछि सिमेन्ट सित्तैमा

गुणस्तरिय उत्पादन भन्दा पनि बढी एस्पोजर खोज्ने सामान बिक्न छोडे पछि सित्तैमा दिएको उदारण कहिले काही...

लिभरपुलको लगातार दोस्रो जित

इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लगातार दोस्रो जित हात पारेको छ। सिजनको आफ्नो दोस्रो खेलमा लिभरपुलले सोमबार...

जापानी कार कम्पनी निसानले चीनमा ९० करोड डलरको लगानी गर्ने

जापानी कार निर्माता निसानले चीनमा ९० करोड डलर लगानी गर्ने भएको छ। उसले चीनमा आफ्नो नयाँ...

राजनीति कर्मचारी दरबन्दी र मर्यादाक्रमबारे राष्ट्रपतिलाई जानकारी

राष्ट्रपति विद्यादेवी भण्डारीसँग सङ्घीय संसद् तथा सातै प्रदेशका सभामुख र उपसभामुखले प्रदेश सञ्चालनका लागि कर्मचारीको दरबन्दी...

नेपाल–भारत संयुक्त कृषि कार्यसमूहको सातौं बैठक

नेपाल –भारत संयुक्त कृषि कार्यसमूहको बैठकमा कृषि तथा पशुपक्षी क्षेत्रको विकासमा सहकार्य, कृषि अनुसन्धान तथा विकास,...