गरिमाको १५ प्रतिशत बोनस पारित

  • admin January 14, 18 11:47 am
  • Comments
  • 135 Views

शुक्रबार पोखरामा सम्पन्न गरिमा विकास बैंकको ११ औं वार्षिक साधारणसभाले शेयरधनीहरूलाई १५ प्रतिशत बोनश सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकका अध्यक्ष चन्द्रकान्त बरालको अध्यक्षतामा सम्पन्न सभामा सर्वसाधारण शेयरधनी समूहका तर्फबाट सञ्चालक समितिमा रिक्त रहेको २ जना सञ्चालकमा डा.भूपेन्द्र बहादुर खड्का क्षेत्री र संजीव ढकाल निर्विरोध निर्वाचित भएका छन् । साधारणसभाले मर्जर तथा एक्विजिसन सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी समेत प्रदान गरेको बताइएको छ । २ अर्ब २० करोड ४२ लाख ४३ हजार चुक्ता पुंजी रहेको विकास बैंकको १५ प्रतिशत बोनस सेयर वितरण पश्चात् चुक्ता पुँजी २ अर्ब ५३ करोड ४८ लाख ८० हजार पुगेको छ । २०७४ पौष १३ गते सम्म कायम विकास बैंकका सेयरधनीले मात्र साधारणसभाबाट पारित बोनस सेयर प्राप्त गर्ने बैकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले बताए ।

  • न्युज

न्युज

नबिकेपछि सिमेन्ट सित्तैमा

गुणस्तरिय उत्पादन भन्दा पनि बढी एस्पोजर खोज्ने सामान बिक्न छोडे पछि सित्तैमा दिएको उदारण कहिले काही...

लिभरपुलको लगातार दोस्रो जित

इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लगातार दोस्रो जित हात पारेको छ। सिजनको आफ्नो दोस्रो खेलमा लिभरपुलले सोमबार...

जापानी कार कम्पनी निसानले चीनमा ९० करोड डलरको लगानी गर्ने

जापानी कार निर्माता निसानले चीनमा ९० करोड डलर लगानी गर्ने भएको छ। उसले चीनमा आफ्नो नयाँ...

राजनीति कर्मचारी दरबन्दी र मर्यादाक्रमबारे राष्ट्रपतिलाई जानकारी

राष्ट्रपति विद्यादेवी भण्डारीसँग सङ्घीय संसद् तथा सातै प्रदेशका सभामुख र उपसभामुखले प्रदेश सञ्चालनका लागि कर्मचारीको दरबन्दी...

नेपाल–भारत संयुक्त कृषि कार्यसमूहको सातौं बैठक

नेपाल –भारत संयुक्त कृषि कार्यसमूहको बैठकमा कृषि तथा पशुपक्षी क्षेत्रको विकासमा सहकार्य, कृषि अनुसन्धान तथा विकास,...