रणबीर कपुर ३५ बर्ष पुगे, यसरी सताउथे बरुणलाई

  • admin September 28, 17 6:33 am
  • Comments
  • 264 Views

तीन खानपछि बलिउडमा संभावना बोकेर उदाएका अभिनेता मानिन्थे, रणबीर कपुरलाई । कपुर खानदानको पछिल्लो पुस्ताका प्रतिनित्व गरिरहेका रणबीरले छोटो अवधीमै सम्झनलायक फिल्म पनि दिए । तर, यो बर्ष भने उनले कुनै जादु देखाउन सकेनन् । फिल्म सबै फ्लप भयो । त्यसमाथि गर्लफ्रण्सँग चुरोट तानिरहेको फोटोले हंगमा मच्याइदियो ।

उनै रणबीर आज आफ्नो ३५ औं जन्मदिन मनाउँदैछन् । यसै क्रममा रणबीरको रोचक किस्सा प्रस्तुत गरिएको छ ।

वरुण धवनलाई पिरोल्थे रणबीर कपुर

बरुण र रणबीर मिल्ने दौतरी हुन् । उनीहरु केवल बलिउडले मात्र जोडिएका होइनन् । बाल्यकालदेखि नै एकअर्काका साथी थिए । रणबीर एकदमै शान्त, लजालु र अन्र्तमुखी देखिन्छन् । तर, बरुणका अनुसार बाल्यकालमा रणबीर ठीक यसको बिपरित थिए । बरुण भन्छन्, ‘ऊ मेरो दाई रोहितसँग मिलेर मलाई एकदमै सताउथे । जब म सुत्थें, मेरो खेल्ने कुरा समेत लुकाइदिन्थे ।’

रणबीरको स्केच

सलमानले जस्तै रणबीर पनि राम्रो स्केच पेन्टर हुन् । रुमी जाफरीका अनुसार उनले रणबीरको यो खुबी फिल्म ‘आ अब लौट चले’ छायांकनको बेला थाहा पाएका थिए । त्यसबेला रणबीर सानै थिएँ ।

रुमी भन्छन्, ‘म छायांकनको क्रममा ऐश्वर्यसँग सोफामा बसिरहेको थिएँ । तब रणबीर आयो र हामीलाई त्यही अवस्थामा बस्न भने । केहि समयमै उनले हाम्रो स्केच बनाएर दियो । त्यतीमात्र होइन, स्केचको छेउमा उनले आफ्नो हस्ताक्षर समेत गरे । हालै उनले उक्त स्केच रणबीरलाई देखाए, जुन देखेर रणबीर लजाए । त्यस फिल्ममा ऋषि कपुर निर्देशक थिए ।

  • न्युज

न्युज

नबिकेपछि सिमेन्ट सित्तैमा

गुणस्तरिय उत्पादन भन्दा पनि बढी एस्पोजर खोज्ने सामान बिक्न छोडे पछि सित्तैमा दिएको उदारण कहिले काही...

लिभरपुलको लगातार दोस्रो जित

इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लगातार दोस्रो जित हात पारेको छ। सिजनको आफ्नो दोस्रो खेलमा लिभरपुलले सोमबार...

जापानी कार कम्पनी निसानले चीनमा ९० करोड डलरको लगानी गर्ने

जापानी कार निर्माता निसानले चीनमा ९० करोड डलर लगानी गर्ने भएको छ। उसले चीनमा आफ्नो नयाँ...

राजनीति कर्मचारी दरबन्दी र मर्यादाक्रमबारे राष्ट्रपतिलाई जानकारी

राष्ट्रपति विद्यादेवी भण्डारीसँग सङ्घीय संसद् तथा सातै प्रदेशका सभामुख र उपसभामुखले प्रदेश सञ्चालनका लागि कर्मचारीको दरबन्दी...

नेपाल–भारत संयुक्त कृषि कार्यसमूहको सातौं बैठक

नेपाल –भारत संयुक्त कृषि कार्यसमूहको बैठकमा कृषि तथा पशुपक्षी क्षेत्रको विकासमा सहकार्य, कृषि अनुसन्धान तथा विकास,...