- 977-1-5188255,
- homelandmedia7@gmail.com
गत वर्ष चीनको जीडीपी वृद्धिदर ६.९ प्रतिशत कायम भएको चिनियाँ विज्ञहरूले बताएका छन् । चाइना सेन्टर फर इन्टरनेसनल इकोनोमिक एक्सचेन्जका अर्थशास्त्री सु होङकाईले अपेक्षाभन्दा राम्रो भूमिका निर्वाह गरेकाले यस किसिमको लक्ष्य हासिल भएको बताएका छन् ।
गत वर्षको सुरुको दुई त्रैमासिक अवधिमा देशको अर्थतन्त्र ६.९ प्रतिशतले विस्तार भएको थियो र तेस्रो त्रैमासिक अवधिमा ६.८ प्रतिशतमा ओर्लेको थियो । सुरुका तीन त्रैमासिक अवधिमा भएको समग्र वृद्धि ६.९ प्रतिशत रह्यो । यो सरकारको वार्षिक लक्ष्य ६.५ प्रतिशतको हाराहारीभन्दा उच्च हो ।
गत वर्ष विदेश व्यापारमा पनि सुधार आएको थियो । उपभोग माग लगातार राम्रो रह्यो र उच्च प्रविधिका क्षेत्रहरू बलियो भएको पनि सुले बताए ।
गत वर्ष विदेश व्यापारमा १४.२ प्रतिशतको वृद्धि भएको थियो । यसले दुई वर्षको लगातार गिरावटको अन्त्य गरेको भन्सार समान्य प्रशासनले जनाएको छ ।
केन्द्रीय तथ्यांक विभागले चीनको प्रमुख आर्थिक तथ्यांक बिहीबार सार्वजनिक गर्ने कार्यक्रम छ ।
गत वर्ष चिनियाँ अर्थतन्त्रले राम्रो अवस्था प्रस्तुत गरेको बेइजिङमा आयोजित कार्यक्रममा एनबीएसका प्रमुख निङ जिहेले बताए । यो अपेक्षाभन्दा राम्रो भएको उनको भनाइ थियो ।
बिहीबार विभागले चौथो त्रैमासिक अवधि र पूरै वर्षको जीडीपी तथ्यांक सार्वजनिक गर्ने कार्यक्रम छ । यसमा औद्योगिक उत्पादन, स्थिर सम्पत्ति लगानी, खुद्रा बिक्री र ठूला सहरहरूमा घरको मूल्यलगायतका विभिन्न आर्थिक सूचक पनि सार्वजनिक गर्ने कार्यक्रम छ ।
विश्व बैंकले गत महिना २०१७ मा चीनको आर्थिक वृद्धिको प्रक्षेपण गरेको थियो । उक्त प्रक्षेपणमा २०१७ मा चिनियाँ अर्थतन्त्र ६.८ प्रशितले वृद्धि हुने देखाइएको थियो । यो अक्टोबरको ६.७ प्रतिशतको दाँजोमा बढी हो । मजबुत अवस्थाको व्यक्तिगत उपभोग र विदेश व्यापारका कारण चिनियाँ अर्थतन्त्र सोचिएभन्दा उकालो लाग्ने बैंकले जनाएको हो । अन्तर्राष्ट्रिय मुद्रा कोषले पनि गत वर्ष चीनको अर्थतन्त्र ६.८ प्रतिशतले वृद्धि हुने जनाएको थियो ।

गुणस्तरिय उत्पादन भन्दा पनि बढी एस्पोजर खोज्ने सामान बिक्न छोडे पछि सित्तैमा दिएको उदारण कहिले काही...
इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लगातार दोस्रो जित हात पारेको छ। सिजनको आफ्नो दोस्रो खेलमा लिभरपुलले सोमबार...
जापानी कार निर्माता निसानले चीनमा ९० करोड डलर लगानी गर्ने भएको छ। उसले चीनमा आफ्नो नयाँ...
राष्ट्रपति विद्यादेवी भण्डारीसँग सङ्घीय संसद् तथा सातै प्रदेशका सभामुख र उपसभामुखले प्रदेश सञ्चालनका लागि कर्मचारीको दरबन्दी...
नेपाल –भारत संयुक्त कृषि कार्यसमूहको बैठकमा कृषि तथा पशुपक्षी क्षेत्रको विकासमा सहकार्य, कृषि अनुसन्धान तथा विकास,...