बुधबार राती १२ बजेदेखि फेरि बढ्यो पेट्रोलको भाउ

  • admin January 18, 18 4:55 am
  • Comments
  • 161 Views

काठमाडौँ । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारअनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । बुधबार रातिदेखि लागू हुनेगरी निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य समायोजन गरेको हो ।

समायोजित मूल्यअनुसार पेट्रोलमा रु एक, डिजल र मट्टितेलमा रु दुई मूल्य बढ्ने निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले जानकारी दिए । मूल्य बढेपछि पेट्रोल रु १०३ र डिजल तथा मट्टितेलको मूल्य रु ८१ कायम भएको छ ।

जनवरी १५ मा इण्डियन आयल कर्पोरेशन (आइओसी)ले पठाएको मूल्यका आधारमा मूल्य समायोजन गरिएको हो । प्रत्येक १५ दिनमा पेट्रोल, डिजल र मट्टितेलको मूल्यमात्रै आइओसीले पठाउँछ भने प्रत्येक १ तारिखमा सबै पेट्रोलियम पदार्थको मूल्य पठाउने गर्छ । रासस

  • न्युज

न्युज

नबिकेपछि सिमेन्ट सित्तैमा

गुणस्तरिय उत्पादन भन्दा पनि बढी एस्पोजर खोज्ने सामान बिक्न छोडे पछि सित्तैमा दिएको उदारण कहिले काही...

लिभरपुलको लगातार दोस्रो जित

इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लगातार दोस्रो जित हात पारेको छ। सिजनको आफ्नो दोस्रो खेलमा लिभरपुलले सोमबार...

जापानी कार कम्पनी निसानले चीनमा ९० करोड डलरको लगानी गर्ने

जापानी कार निर्माता निसानले चीनमा ९० करोड डलर लगानी गर्ने भएको छ। उसले चीनमा आफ्नो नयाँ...

राजनीति कर्मचारी दरबन्दी र मर्यादाक्रमबारे राष्ट्रपतिलाई जानकारी

राष्ट्रपति विद्यादेवी भण्डारीसँग सङ्घीय संसद् तथा सातै प्रदेशका सभामुख र उपसभामुखले प्रदेश सञ्चालनका लागि कर्मचारीको दरबन्दी...

नेपाल–भारत संयुक्त कृषि कार्यसमूहको सातौं बैठक

नेपाल –भारत संयुक्त कृषि कार्यसमूहको बैठकमा कृषि तथा पशुपक्षी क्षेत्रको विकासमा सहकार्य, कृषि अनुसन्धान तथा विकास,...