सरकारले विदेशबाट आयात गर्न चिनीको भन्सार शुल्क बढाउने

  • admin January 29, 18 5:22 am
  • Comments
  • 213 Views

सरकारले व्यवसायीको दबाबमा विदेशबाट चिनी आयात गर्न भन्सार शुल्क बढाउने तयारी गरेको छ । कृषि विकास मन्त्रालयले विदेशबाट आयात गरिने चिनीमा भन्सार शुल्क बढाउन विभिन्न निकायसँग छलफल गरेर अर्थ मन्त्रालयसमक्ष प्रस्ताव गरिसकेको छ । यसबाट स्वदेशी चिनी उद्योगको संरक्षण हुने व्यवसायीको तर्क छ ।
अर्थ मन्त्रालय भन्सार शुल्क बढाउन सकारात्मक देखिएको आपूर्ति मन्त्रालयले जानकारी दिएको छ । आपूर्ति मन्त्रालयका प्रवक्ता मुकुन्दप्रसाद पौडेलले भन्सार शुल्क वृद्धि गर्ने तयारी गरिएको जानकारी दिए ।५० प्रतिशतसम्म भन्सार शुल्क बढाउन व्यवसायीले सरकारलाई दबाब दिँदै आएका थिए । अर्थ मन्त्रालय ३५ देखि ४० प्रतिशतसम्म शुल्क बढाउन सहमत देखिएको उनले जानकारी दिए । चिनी आयातमा भन्सार शुल्क वृद्धि गरेसँगै व्यवसायीले भ्याटबापतको रकम पाउने गर्छन् । भन्सार शुल्क बढेपछि स्थानीयस्तरमा चिनीको मूल्यवृद्धि भई त्यसको मार उपभोक्तामा पर्न जान्छ । कमजोर सरकारको फाइदा उठाउँदै चिनीमा भन्सार शुल्क बढाउन लागिएको हो ।
यसअघि नेपाल चिनी उद्योग संघले मन्त्रालयसँग पटक–पटक आयातित चिनीमा ५० प्रतिशतसम्म महशुल वृद्धिका लागि माग राख्दै आएको थियो । चिनीमा लाग्दै आएको १५ प्रतिशत आयात महसुललाई संघले ५० प्रतिशत बढाउन माग गरेर सरकारलाई दबाब दिएको थियो । चिनीमा भन्सार शुल्क बढाउँदा व्यवसायीले आयातित चिनीलाई रिप्याक गरेर स्वदेशी भनेर महंगोमा बिक्री गर्ने गरेको उपभोक्तावादीको भनाई छ । भन्सारशुल्क वृद्धि गर्दा बजारमा चिनी महंगो पर्न सक्ने भन्दै उपभोक्तावादी संस्थाले विरोध गरेका छन् ।
अन्तर्राष्ट्रिय बजारमा चिनीको मूल्यमा भारी गिरावट आउँदा नेपालका स्वदेशी चिनी उद्योगले अन्तराष्ट्रिय बजारको चिनीसँग प्रतिस्पर्धा गर्न नसकी धरासायी हुने अवस्था देखिएका कारण महसुल वृद्धि गर्नुपर्ने व्यवसायीको भनाई छ । मुलुकमा उत्पादित चिनीले कुल मागको करिब ४० प्रतिशत धान्दै आएको छ । ६० प्रतिशत आयातित चिनीमा ३५ प्रतिशतसम्म भन्सार शुल्क लगाउँदा प्रतिकिलो चिनीको मूल्य सय रुपैयाँभन्दा बढी हुने दाबी गरिएको छ । भन्सार दर वृद्धि गर्दा त्यसको मार उपभोक्तामा पर्ने देखिन्छ ।व्यवसायीका अनुसार मुलुकमा वार्षिक २ लाख ३० हजार टन चिनीको खपत हुन्छ । गत वर्ष १ लाख ३० हजार टन उत्पादन भएको छ । स्थानीय उत्पादनले मागको ५० प्रतिशत धान्ने र बाँकी आयात गर्नुपरेको छ । पछिल्लो समय मुलुकमा चिनी उत्पादन कम हुँदा बजार माग धान्नका लागि बाहिरी मुलुकबाट आयात गर्नुपरेको छ ।

  • न्युज

न्युज

नबिकेपछि सिमेन्ट सित्तैमा

गुणस्तरिय उत्पादन भन्दा पनि बढी एस्पोजर खोज्ने सामान बिक्न छोडे पछि सित्तैमा दिएको उदारण कहिले काही...

लिभरपुलको लगातार दोस्रो जित

इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लगातार दोस्रो जित हात पारेको छ। सिजनको आफ्नो दोस्रो खेलमा लिभरपुलले सोमबार...

जापानी कार कम्पनी निसानले चीनमा ९० करोड डलरको लगानी गर्ने

जापानी कार निर्माता निसानले चीनमा ९० करोड डलर लगानी गर्ने भएको छ। उसले चीनमा आफ्नो नयाँ...

राजनीति कर्मचारी दरबन्दी र मर्यादाक्रमबारे राष्ट्रपतिलाई जानकारी

राष्ट्रपति विद्यादेवी भण्डारीसँग सङ्घीय संसद् तथा सातै प्रदेशका सभामुख र उपसभामुखले प्रदेश सञ्चालनका लागि कर्मचारीको दरबन्दी...

नेपाल–भारत संयुक्त कृषि कार्यसमूहको सातौं बैठक

नेपाल –भारत संयुक्त कृषि कार्यसमूहको बैठकमा कृषि तथा पशुपक्षी क्षेत्रको विकासमा सहकार्य, कृषि अनुसन्धान तथा विकास,...