- 977-1-5188255,
- homelandmedia7@gmail.com
बुटवल संग मपथमा रहेको युनाइटेड प्लाष्टिक इन्डस्ट्रीजको सुभ गौतम ईन्टरप्राईजेजमा लागेको आगो बुधबार बिहानपख मात्र नियन्त्रणमा आएको छ । मंगलबार राति ८ बजेतिर लाग्न शुरु गरेको आगो बिभिन्न ५ स्थानबाट आएका बारुणयन्त्रले बिहानपखमात्र नियन्त्रणमा लिएका हुन् । बुटवल उपमहानगरपालिकाको एकमात्र दमकलले आगो निभाउन नसकेपछि सिद्धार्थनगर, रामग्राम, कपिलबस्तु र बाणगंगा नगरपालिकाबाट आएका दमकलले आगो निभाएका हुन् ।
उपमहानगरमा २ बटा दमकल भएपनि एउटा बिग्रिएको अबस्थामा रहेकाले आगो समयमै नियन्त्रणमा आउन नसकेको हो । आगलागीबाट २ करोडको क्षती भएको संचालक जिवन गौतमले जानकारी दिए । आगो कसरि लाग्यो भन्ने अझै खुलेको छैन । पसल संचालनमा रहेको सो घरमा साझको समयमा मान्छे नबस्ने भएकाले पनि आगो फैलिईसकेपछि मात्र थाहा भएको थियो ।
यसैबिच बुटवल उपमहानगरपालिकाका मेयर शिव सुवेदीले बिहान घटनास्थलको अवलोकन गरेका छन् । घटनाप्रति दुःख ब्यक्त गर्दै मेयर सुवेदीले आगलगिबाट भएको क्षतीको बारेमा पनि जानकारी लिए । सुवेदीले सो ईन्टरप्राईजेजका संचालक जिवन गौतमलाई भेटि क्षतीपुर्ती र बिमा रकम उपलब्ध गराउन आफुले सहयोग गर्ने आश्वासन दिए

गुणस्तरिय उत्पादन भन्दा पनि बढी एस्पोजर खोज्ने सामान बिक्न छोडे पछि सित्तैमा दिएको उदारण कहिले काही...
इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लगातार दोस्रो जित हात पारेको छ। सिजनको आफ्नो दोस्रो खेलमा लिभरपुलले सोमबार...
जापानी कार निर्माता निसानले चीनमा ९० करोड डलर लगानी गर्ने भएको छ। उसले चीनमा आफ्नो नयाँ...
राष्ट्रपति विद्यादेवी भण्डारीसँग सङ्घीय संसद् तथा सातै प्रदेशका सभामुख र उपसभामुखले प्रदेश सञ्चालनका लागि कर्मचारीको दरबन्दी...
नेपाल –भारत संयुक्त कृषि कार्यसमूहको बैठकमा कृषि तथा पशुपक्षी क्षेत्रको विकासमा सहकार्य, कृषि अनुसन्धान तथा विकास,...