- 977-1-5188255,
- homelandmedia7@gmail.com
गएको साता नेपाली सेयर परिसूचक नेप्से ४० अंकले उकालो लागेको छ । कांग्रेस नेतृत्वको सरकार बाहिरिएर वामपन्थी नेतृत्वको सरकारको आगमनसँगै लगानीकर्ता उत्साहित भएका हुन् । गएको साता नेपाली सेयर परिसूचक नेप्से ४० अंकले उकालो लागेको छ । कांग्रेस नेतृत्वको सरकार बाहिरिएर वामपन्थी नेतृत्वको सरकारको आगमनसँगै लगानीकर्ता उत्साहित भएका हुन् । साताको पहिलो दिन नेप्से घटेको भए पनि अन्य तीन दिन उकालो लागेको छ । अधिकांश उपसूचकहरु उकालो लागेका छन् । नेतृत्वमा को आउने भन्दा पनि लगानीकर्ता अबको सरकार स्थिर हुन्छ भन्ने विश्वासले लगानी गरिरहेका छन् । नयाँ सरकारले विकास गर्ने, सरकारी ढुकुटीमा थन्किएको पैसालाई विकास निर्माणको मध्यमबाट बाहिर ल्याउँदा तरलता सहज हुनेजस्ता कारणले लगानीकर्तामा विश्वास जगाएको देखिन्छ । तथापि संघियता कार्यान्वयमा जाँदा करका दरहरु बढ्ने हुन् कि भन्ने डरमा पनि रहेका देखिन्छन् लगानीकर्ता । यसबाहेक पूँजीगत लाभकर लगायतका कर तथा नियमनकारी निकायले ल्याउन सक्ने नीतिले सेयर बजार प्रभावित हुने छ । आउँदो साता सेयर बजार बढ्ने आँकलन गरिए पनि केहि दिनपछि नै घट्ने देखिन्छ । मागको तुलनामा आपूर्तिको चाप थेरै भएकाले त्यसलाई सन्तुलनमा राख्न नसकिने विश्लेषकहरु बताउँछन् । तर नयाँ सरकारका प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री भएकै दिन लगानीका लागि गरेको प्रतिबद्धताअनुरुप काम गरे नेपालमा नयाँ लगानी आई सेयर बजार पनि उकालो लाग्न सक्ने देखिन्छ । यसबाहेक आधुनिक बजारका लागि आवश्यक काम अगाडि बढ्दै गएमा पनि नेप्से बढ्ने देखिन्छ ।यस साता नेपाल स्टक एक्सचेन्जमा १७९ कम्पनीहरुको कारोबार भएको छ । जसअनुसार १६६३८ कारोबारबाट एक अर्ब ५४ करोड १४ लाख २५ हजार रुपैयाँ बराबरका ३७ लाख ९२ हजार चार सय ७० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ०.६२ प्रतिशत कम हो । गत साता १७६ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार १७९०१ कारोबारबाट एक अर्ब ५५ करोड ११ लाख दुई हजार रुपैयाँ बराबरका ४१ लाख ९६ हजार चार सय ९० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ४०.२४ अंकले बढेर अन्तिम दिन १४२४.९५ अंकमा पुगेको छ । क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ८.४९ अंकले बढेर ३०१.३० अंकमा आईपुगेको छ । यस साता कारोबार रकम (६ करोड ७१ लाख ५० हजार रुपैयाँ) को आधारमा प्रभु बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या (दुई लाख ९३ हजार कित्ता) को आधारमा पनि प्रभु बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार संख्या (५९० वटा) को आधारमा नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि चार दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।

गुणस्तरिय उत्पादन भन्दा पनि बढी एस्पोजर खोज्ने सामान बिक्न छोडे पछि सित्तैमा दिएको उदारण कहिले काही...
इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लगातार दोस्रो जित हात पारेको छ। सिजनको आफ्नो दोस्रो खेलमा लिभरपुलले सोमबार...
जापानी कार निर्माता निसानले चीनमा ९० करोड डलर लगानी गर्ने भएको छ। उसले चीनमा आफ्नो नयाँ...
राष्ट्रपति विद्यादेवी भण्डारीसँग सङ्घीय संसद् तथा सातै प्रदेशका सभामुख र उपसभामुखले प्रदेश सञ्चालनका लागि कर्मचारीको दरबन्दी...
नेपाल –भारत संयुक्त कृषि कार्यसमूहको बैठकमा कृषि तथा पशुपक्षी क्षेत्रको विकासमा सहकार्य, कृषि अनुसन्धान तथा विकास,...