नोकिया सिक्स सार्वजनिक

  • admin February 26, 18 8:34 am
  • Comments
  • 188 Views

नोकिया ब्राण्डको नोकिया सिक्स स्मार्टफोन सार्वजनिक भएको छ । स्पेनको बार्सिलोनामा आयोजित मोबाइल वर्ल््ड कंग्रेसमा एचएमडी ग्लोबल कम्पनीले नोकिया सिक्स आधिकारिक रुपमा लञ्च गरेको हो ।
नोकिया सिक्समा डुअल साइट, जेशिस अप्टिक्स, एन्ड्रोइड ओरियो अपरेटिंग सिस्टम, गुगल असिस्टेन्ट सपोर्ट तथा फेस रिकग्नीसन समेत रहेको छ ।
नोकिया सिक्सका अन्य फिचर्समा ५.५ इन्चको २.५ डी डिस्प्लेका साथै नटुट््ने खालको कोर्निंग गोरिल्ला ग्लास रहेको छ ।
कम्पनीले फोनको बडीमा पनि विशेष ध्यान दिएको छ । नोकिया सिक्समा स्न्यापड्रागन ६३० प्रोसेसर, ३ जिबी र्याम तथा ३२ जिबी इन्टर्नल स्टोरेज रहेको छ । अप्रिल महिनादेखी यो फोन बजारमा उपलब्ध हुनेछ । यो फोनको एक अर्को भेरिएन्ट पनि हुनेछ जुन ४ जिबी र्याम तथा ६४ जिबी स्टोरेजमा आउनेछ । पछाडिको भागमा फिंगरप्रिन्ट सेन्सर हुनेछ । मूख्य क्यामरा १६ मेगापिक्सेल तथा सेल्फी क्यामरा ८ मेगापिक्सेलको हुनेछ । फोनमा ३००० मिलिएम्पियर आवरको ब्याट्री रहेको छ । यो फोन ब्लाक, कपर, ह्वाइट, आइरन, ब्लू तथा गोल्ड कलरमा उपलब्ध हुनेछ । एजेन्सी

  • न्युज

न्युज

नबिकेपछि सिमेन्ट सित्तैमा

गुणस्तरिय उत्पादन भन्दा पनि बढी एस्पोजर खोज्ने सामान बिक्न छोडे पछि सित्तैमा दिएको उदारण कहिले काही...

लिभरपुलको लगातार दोस्रो जित

इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लगातार दोस्रो जित हात पारेको छ। सिजनको आफ्नो दोस्रो खेलमा लिभरपुलले सोमबार...

जापानी कार कम्पनी निसानले चीनमा ९० करोड डलरको लगानी गर्ने

जापानी कार निर्माता निसानले चीनमा ९० करोड डलर लगानी गर्ने भएको छ। उसले चीनमा आफ्नो नयाँ...

राजनीति कर्मचारी दरबन्दी र मर्यादाक्रमबारे राष्ट्रपतिलाई जानकारी

राष्ट्रपति विद्यादेवी भण्डारीसँग सङ्घीय संसद् तथा सातै प्रदेशका सभामुख र उपसभामुखले प्रदेश सञ्चालनका लागि कर्मचारीको दरबन्दी...

नेपाल–भारत संयुक्त कृषि कार्यसमूहको सातौं बैठक

नेपाल –भारत संयुक्त कृषि कार्यसमूहको बैठकमा कृषि तथा पशुपक्षी क्षेत्रको विकासमा सहकार्य, कृषि अनुसन्धान तथा विकास,...