- 977-1-5188255,
- homelandmedia7@gmail.com
राष्ट्रिय गौरवका आयोजनामा सोच भयो श्रोत भएन भनी लामै गन्थन सुनियो । तर अहिले भने श्रोत जुटे पनि काम भने अगाडी बढ्न सकेको छैन् । आर्थिक वर्ष ०७४ र ०७५ को अर्ध वार्षिक समिक्षाको क्रममा यी दुईवटै विमानस्थलका लागि छुट्टाएको बजेट खर्च हुन नसकेको अर्थ मन्त्रालयले उल्लेख गरेको छ ।
समीक्षाअनुसार, राष्ट्रिय गौरवका आयोजनामा परेका निजगढ विमानस्थल र पोखरा अन्तराष्ट्रिय विमानस्थलले यस वर्षका लागि सरकारले विनियोजन गरेको रकम नै खर्च गर्न सकेका छैनन् । दुवै आयोजनाका लागि छुट्टाएको लगभग ६ अर्ब ५० करोड बराबरको रकम खर्च नभई बसेको छ ।
आर्थिक वर्ष ०७४ र ०७५ को अर्ध वार्षिक समीक्षाको क्रममा यी दुईवटै विमानस्थलका लागि छुट्टाएको बजेट खर्च हुन नसकेको अर्थ मन्त्रालयले उल्लेख गरेको छ ।‘दोस्रो अन्तर्रा्ष्ट्रिय बिमानस्थलको प्रारम्भीक काम नै सुरु नभएका कारण बजेट खर्च हुन सकेको छैन भने पोखरा क्षेत्रीय अन्तराष्ट्रिय बिमानस्थलमा जग्गा प्राप्तीको समस्या छ जसका कारण बजेट खर्च हुन नसकेको देखिएको छ ।’ बजेट अर्धवार्षिक समीक्षामा उल्लेख गरिएको छ ।
बैकल्पिक अन्तर्रा्ष्ट्रिय बिमानस्थलको रुपमा निर्माण गर्न लागिएको निजगढ विमानस्थलले पर्यटन क्षेत्रलाई माथि उठाउने विश्वासका साथ निर्माण गर्न लागिएको हो । तर, अहिलेसम्म यसको निर्माणमा खासै प्रगति हुन सकेको छैन ।
चालु आर्थिक वर्ष ०७४ र ०७५ मा यस आयोजनाका लागि १ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको थियो । तर, बजेट विनियोजन भएको ६ महिनासम्म कुनै पनि रकम खर्च हुन सकेको छैन ।यस आयोजनाले अहिलेसम्म वन क्षेत्रको रुख कटान गर्नको लागि अनुमति समेत पाएको छैन । जसका कारण पेरिमिटर सडक निर्माण पनि अघि बढ्न सकेको छैन ।
त्यस्तै पोखरा अन्तराष्ट्रिय बिमानस्थलका लागि यो वर्ष सरकारले छुट्टाएको ५ अर्ब रकम पनि खर्च हुन सकेको छैन । राष्ट्रिय गौरवको आयोजनामा राखिएको यो आयोजना सरकारले सन् २०२१ सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ । सन् २०११ मा नै यो आयोजनाको सुरुवात भए पनि अहिलेसम्म कुनै भौतिक प्रगति हुन सकेको छैन । सन् २०१५ मा आयोजना निर्माणको कार्य सुरु गरेर सन् २०१७ को डिसेम्बरसम्ममा आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको थियो । तर, आयोजना निर्माणको काम अहिलेसम्म सकिएको छैन । यो वर्ष यस आयोजनाका लागि ७ अर्ब २२ करोड रुपैयाँ विनियोजन भएकोमा विनियोजित बजेटको २७ दशमलव ७० प्रतिशतले हुन आउने २ अर्ब रकम मात्र खर्च भएको देखिन्छ ।

गुणस्तरिय उत्पादन भन्दा पनि बढी एस्पोजर खोज्ने सामान बिक्न छोडे पछि सित्तैमा दिएको उदारण कहिले काही...
इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लगातार दोस्रो जित हात पारेको छ। सिजनको आफ्नो दोस्रो खेलमा लिभरपुलले सोमबार...
जापानी कार निर्माता निसानले चीनमा ९० करोड डलर लगानी गर्ने भएको छ। उसले चीनमा आफ्नो नयाँ...
राष्ट्रपति विद्यादेवी भण्डारीसँग सङ्घीय संसद् तथा सातै प्रदेशका सभामुख र उपसभामुखले प्रदेश सञ्चालनका लागि कर्मचारीको दरबन्दी...
नेपाल –भारत संयुक्त कृषि कार्यसमूहको बैठकमा कृषि तथा पशुपक्षी क्षेत्रको विकासमा सहकार्य, कृषि अनुसन्धान तथा विकास,...