सिद्धार्थ उद्योग वाणिज्य संघको अध्यक्षमा न्यौपाने

  • admin March 12, 18 5:48 am
  • Comments
  • 145 Views


सिद्धार्थ उद्योग वाणिज्य संघको अध्यक्षमा कुल प्रसाद न्यौपाने विजयी भएका छन् । कार्यसमिति सदस्य बाहेक अन्य सबै पदमा कुलप्रसाद प्यानलले विजय प्राप्त गरेको हो । न्यौपानेले ८६९ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी डा.शान्तकुमार शर्माले ६७३ मत प्राप्त गरे ।
त्यसैगरी वरिष्ठ उपाध्यक्ष पदमा भिष्म प्रसाद न्यौपाने विजयी भए । ५९औं वार्षिक साधारणसभा तथा अधिवेशनबाट अगामी ३ वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चुनिएको हो । न्यौपानेले ९२७ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी नवराज न्यौपानेले ६४६ मत पाएका थिए ।
उद्योग उपाध्यक्षतर्फ अरुण गोयन्काले ९६१ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी शान्ता जिसीले ६४८ मत प्राप्त गरिन् ।
त्यस्तै वाणिज्य उपाध्यक्षमा ठाकुर कुमार श्रेष्ठ १ हजार ६८ मत प्राप्त गरी विजयी भएका छन् । श्रेष्ठका निकटतम प्रतिद्वन्द्वी विनोद खरेलले ४९४ मत प्राप्त गरीे पराजित भएका छन् । महासचिव पदका लागि नेत्रप्रसाद आचार्य १ हजार ९३ मतका साथ विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी इम्तियाज अहमदले ४५८ मत प्राप्त गरे ।
सचिवमा विजय पाण्डेले ९३१ मत प्राप्त गरी विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी पशुपति प्रसाद कान्दुले ६८२ मत प्राप्त गरे । कोषाध्यक्षमा दिलिप कुमार कान्दु ८०८ मतका साथ विजयी भए उनका प्रतिद्वन्द्वी रवि कुमार श्रेष्ठले ७६० मत प्राप्त गरे ।
त्यसैगरी १० जना वाणिज्य कार्यसमिति सदस्यमा हरिश कुमार सेठिया, धर्मविर शर्मा, गौरव श्रेष्ठ, संजय कुमार वेरिवाल, प्रितम रौनियार, अर्जुन कार्की, गोपाल भण्डारी, कमल प्रसाद मरासिनी, त्रिलोकी प्रसाद तेली र गंगासागर अग्रहरी निर्बाचित भए । कुल २१६७ मतदाता रहेको संघमा १६३९ मत खसेको थियो । एसोसिएट, महिला सदस्य बस्तुग तर्फको सदस्य भने निर्विरोध भए । एशोसिएट सदस्यतर्फ रोहित कुमार अग्रवाल र दिपक कुमार पौडेल चुनिए भने महिला सदस्य उद्योगतर्फ पल्लवी न्यौपाने र वणिज्य तर्फ यमकला न्यौपाने, त्यस्तै वस्तुगत सदस्यमा कृष्ण घिमिरे निर्बिरोध भएका छन् ।

  • न्युज

न्युज

नबिकेपछि सिमेन्ट सित्तैमा

गुणस्तरिय उत्पादन भन्दा पनि बढी एस्पोजर खोज्ने सामान बिक्न छोडे पछि सित्तैमा दिएको उदारण कहिले काही...

लिभरपुलको लगातार दोस्रो जित

इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लगातार दोस्रो जित हात पारेको छ। सिजनको आफ्नो दोस्रो खेलमा लिभरपुलले सोमबार...

जापानी कार कम्पनी निसानले चीनमा ९० करोड डलरको लगानी गर्ने

जापानी कार निर्माता निसानले चीनमा ९० करोड डलर लगानी गर्ने भएको छ। उसले चीनमा आफ्नो नयाँ...

राजनीति कर्मचारी दरबन्दी र मर्यादाक्रमबारे राष्ट्रपतिलाई जानकारी

राष्ट्रपति विद्यादेवी भण्डारीसँग सङ्घीय संसद् तथा सातै प्रदेशका सभामुख र उपसभामुखले प्रदेश सञ्चालनका लागि कर्मचारीको दरबन्दी...

नेपाल–भारत संयुक्त कृषि कार्यसमूहको सातौं बैठक

नेपाल –भारत संयुक्त कृषि कार्यसमूहको बैठकमा कृषि तथा पशुपक्षी क्षेत्रको विकासमा सहकार्य, कृषि अनुसन्धान तथा विकास,...