भेरी बबई डाइभर्सनमा लक्ष्यभन्दा बढी काम

  • admin March 20, 18 6:08 am
  • Comments
  • 154 Views


देशका अधिकांश निर्माणाधीन आयोजनाको प्रगति सन्तोषजनक छैन । अहिले पनि विकास बजेटको ठूलो हिस्सा खर्च हुन सकेको छैन । तर, भेरी बबई डाइभर्सन आयोजना भने अपवाद बनेको छ । आयोजनाले एक वर्षमै बजेट भाषणमा तोकिएको लक्ष्यभन्दा ५ गुणा बढी रकम खर्च गर्दैछ ।
सरकारले चालु आर्थिक वर्ष २०७४र७५ मा भेरी बबई डाइभर्सनका लागि ८८ करोड ८० लाख ९२ हजार छुट्टाएको थियो । त्यो रकम अपर्याप्त भएको छ । अहिलेसम्ममा १ अर्ब ६५ करोड खर्च भइसकेको छ । माघ महिनामा मात्रै अर्थ मन्त्रालयले आयोजनालाई १ अर्ब रकम निकासा गरेको थियो । रकम अपुग भएपछि थप २ अर्ब ९६ करोड अर्थ मन्त्रालयसँग माग गरिएको छ ।
आयोजक समितिका अनुसार आयोजनाको काम द्रुत गतिमा अघि बढेकाले थप रकमको आवश्यकता परेको बताएका छन् ।
चीनबाट ल्याएको टनेल बोडिङ मेसिन (टिबीएम)ले कात्तिक तेस्रो सातादेखि सुरुङ खन्न थालेपछि आयोजनाले गति लिएको छ । टिबीएम मेसिनले अहिलेसम्म २५ सय ५० मिटर सुरुङ खनेको छ ।आयोजनाका लागि १२ किलोमिटर सुरुङ खन्नुपर्छ । त्यसमध्ये ६ किलोमिटर सुरुङ खन्न जोखिमयुक्त मानिएको छ, जहाँ अहिले काम भइरहेको छ । टिबीएम मेसिनले सुर्खेतको भेरीगंगा नगरपालिकाको हात्तीखालबाट चिप्लेसम्म सुरुङ खन्ने छ ।

 

  • न्युज

न्युज

नबिकेपछि सिमेन्ट सित्तैमा

गुणस्तरिय उत्पादन भन्दा पनि बढी एस्पोजर खोज्ने सामान बिक्न छोडे पछि सित्तैमा दिएको उदारण कहिले काही...

लिभरपुलको लगातार दोस्रो जित

इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लगातार दोस्रो जित हात पारेको छ। सिजनको आफ्नो दोस्रो खेलमा लिभरपुलले सोमबार...

जापानी कार कम्पनी निसानले चीनमा ९० करोड डलरको लगानी गर्ने

जापानी कार निर्माता निसानले चीनमा ९० करोड डलर लगानी गर्ने भएको छ। उसले चीनमा आफ्नो नयाँ...

राजनीति कर्मचारी दरबन्दी र मर्यादाक्रमबारे राष्ट्रपतिलाई जानकारी

राष्ट्रपति विद्यादेवी भण्डारीसँग सङ्घीय संसद् तथा सातै प्रदेशका सभामुख र उपसभामुखले प्रदेश सञ्चालनका लागि कर्मचारीको दरबन्दी...

नेपाल–भारत संयुक्त कृषि कार्यसमूहको सातौं बैठक

नेपाल –भारत संयुक्त कृषि कार्यसमूहको बैठकमा कृषि तथा पशुपक्षी क्षेत्रको विकासमा सहकार्य, कृषि अनुसन्धान तथा विकास,...