तिलगंगा आँखा प्रतिष्ठान र नबिल फाउण्डेशनबीच समझदारी

  • admin March 21, 18 9:48 am
  • Comments
  • 145 Views

आँखाको नानीमा समस्या भएको कारण दृष्टिविहीन भएर रहनु परेका तथा आर्थिक अभावले गर्दा उपचार समेत पाउनबाट बञ्चित दृष्टिविहीनहरुको हितका लागि मध्यनजर गर्दै तिलगंगा आँखा प्रतिष्ठान र नबिल फाउण्डेशनबीच सहयोग सम्बन्धमा समझदारी भएको छ ।

तिलगंगा आँखा प्रतिष्ठानले सहयोग आवश्यक भनि सिफारिश गरिएका व्यक्तिहरुमा आँखाको नानी प्रत्यारोपण गर्नका लागि नबिल फाउण्डेशनले प्रतिष्ठानमार्फत आर्थिक सहयोग उपलब्ध गराउने र यस कार्यक्रमको नारा “नबिल फाउण्डेशनसँगको सहकार्यमा तिलगंगाद्वारा सबैका लागि दृष्टि” भन्ने लिइएको छ ।
काठमाडौंमा आयोजित एक समारोहका बीच फाउण्डेशनका तर्फबाट अध्यक्ष दयाराम गोपाल अग्रवालले र प्रतिष्ठानका तर्फबाट डा. रीता गुरुङले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । सो समारोहमा नबिल वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुईत, बैंक सञ्चालक समितिका अध्यक्ष शम्भु प्रसाद पौड्याल, कार्यवाहक प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह तथा दवै संस्थाका अन्य पदाधिकारीहरु समेतको सहभागिता रहेको छ ।

 

 

  • न्युज

न्युज

नबिकेपछि सिमेन्ट सित्तैमा

गुणस्तरिय उत्पादन भन्दा पनि बढी एस्पोजर खोज्ने सामान बिक्न छोडे पछि सित्तैमा दिएको उदारण कहिले काही...

लिभरपुलको लगातार दोस्रो जित

इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लगातार दोस्रो जित हात पारेको छ। सिजनको आफ्नो दोस्रो खेलमा लिभरपुलले सोमबार...

जापानी कार कम्पनी निसानले चीनमा ९० करोड डलरको लगानी गर्ने

जापानी कार निर्माता निसानले चीनमा ९० करोड डलर लगानी गर्ने भएको छ। उसले चीनमा आफ्नो नयाँ...

राजनीति कर्मचारी दरबन्दी र मर्यादाक्रमबारे राष्ट्रपतिलाई जानकारी

राष्ट्रपति विद्यादेवी भण्डारीसँग सङ्घीय संसद् तथा सातै प्रदेशका सभामुख र उपसभामुखले प्रदेश सञ्चालनका लागि कर्मचारीको दरबन्दी...

नेपाल–भारत संयुक्त कृषि कार्यसमूहको सातौं बैठक

नेपाल –भारत संयुक्त कृषि कार्यसमूहको बैठकमा कृषि तथा पशुपक्षी क्षेत्रको विकासमा सहकार्य, कृषि अनुसन्धान तथा विकास,...