- 977-1-5188255,
- homelandmedia7@gmail.com

विश्व बैंकले संघीयता कार्यान्वयनको क्रममा संक्रमणकालीन अवस्थाबाट अगाडि बढिरहेको नेपाललाई सघाउन २६ अर्ब रुपैयाँ (२६ करोड ६० लाख डलर) को कर्जा सहयोग गरेको छ ।
बैंकको कार्यकारी निर्देशकहरुको बैठकले सहयोग रकम स्वीकृत गरेको हो । यसमध्ये २० अर्ब (२० करोड डलर) कर्जा सहयोग सार्वजनिक वित्त व्यवस्थापनको लागि प्रदान गरेको छ । आर्थिक र सार्वजनिक वित्तीय व्यवस्थापन विकास नीति अन्तर्गतको यो पहिलो कार्यक्रम हो । यो कार्यक्रम दुई चरणमा गरिने छ । एकात्मक राज्य व्यवस्थाबाट संघीय प्रजातान्त्रिक गणतन्त्रमा प्रवेश गर्दै गरेको नेपाल ऐतिहासिक घडीमा आइपुगेको छ उच्च स्तरमा समानता र जवाफदेहिता कायम गर्नेमा जनताले यस मुलुकप्रतिउच्च आकांक्षा राखेका छन् ।
यो वित्तीय सहयोग अन्तरसरकारी वित्तीय व्यवस्थापन ऐन लागु गर्न, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग निर्माण गर्न, बजेट कर्याान्वयनमा सुधार ल्याउन, राजस्व संकलनमा पुनरसंरचना गर्न लगायतमा सहयोग पुग्ने विश्व बैंकले विश्वास राखेको छ ।

गुणस्तरिय उत्पादन भन्दा पनि बढी एस्पोजर खोज्ने सामान बिक्न छोडे पछि सित्तैमा दिएको उदारण कहिले काही...
इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लगातार दोस्रो जित हात पारेको छ। सिजनको आफ्नो दोस्रो खेलमा लिभरपुलले सोमबार...
जापानी कार निर्माता निसानले चीनमा ९० करोड डलर लगानी गर्ने भएको छ। उसले चीनमा आफ्नो नयाँ...
राष्ट्रपति विद्यादेवी भण्डारीसँग सङ्घीय संसद् तथा सातै प्रदेशका सभामुख र उपसभामुखले प्रदेश सञ्चालनका लागि कर्मचारीको दरबन्दी...
नेपाल –भारत संयुक्त कृषि कार्यसमूहको बैठकमा कृषि तथा पशुपक्षी क्षेत्रको विकासमा सहकार्य, कृषि अनुसन्धान तथा विकास,...