- 977-1-5188255,
- homelandmedia7@gmail.com
जनता बैंक नेपालले आकर्षक बीमा सुविधा सहितको बचत योजना ‘जनता सुरक्षा बचत खाता’ सञ्चालनमा ल्याएको छ ।
आजको दिन देखि लागु यो बचत योजना सेवा बजारमा उपलब्ध विभिन्न प्रकारका सुविधाहरुलाई मध्यनजर गरी निक्षेप ग्राहकहरुलाई अधिकतम लाभ पु¥याउने उद्देश्यले ल्याएको बैंकले जनाएको छ । यो खातामा न्युनत्तम १० हजार रुपैयाँ हुनुपर्नेछ । बार्षिक सात प्रतिशत ब्याजदर रहेको यो खातामा हरेक तीनमहिना समाप्तिपछि व्याज भुक्तान हुनेछ । यो निक्षेप योजनामा सहभागि हुने बचतकर्ताको १० लाख रुपैयाँ सम्मको दुर्घटना बीमा समेत राखिएको छ ।
बचतकर्ता बिरामी भएर अस्पताल भर्ना हुने अवस्थामा समेत एक लाखसम्मको उपचार खर्च र भर्ना नभई उचार गर्दा पाँच हजार खर्चबराबरको बीमा हुनेछ । बैंकमा सबै उमेर समूहका ग्राहकले यो योजनामा सहभागि हुन सक्नेछन् । यस योजनाबाट ग्राहकहरुले निक्षेपमा आकर्षक ब्याज पाउनुका साथै स्वास्थ्य सेवामा हुने आकासिदो खर्चबाट राहत पाउनेछन् भन्ने बैंकले अपेक्षा लिएको छ ।

गुणस्तरिय उत्पादन भन्दा पनि बढी एस्पोजर खोज्ने सामान बिक्न छोडे पछि सित्तैमा दिएको उदारण कहिले काही...
इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लगातार दोस्रो जित हात पारेको छ। सिजनको आफ्नो दोस्रो खेलमा लिभरपुलले सोमबार...
जापानी कार निर्माता निसानले चीनमा ९० करोड डलर लगानी गर्ने भएको छ। उसले चीनमा आफ्नो नयाँ...
राष्ट्रपति विद्यादेवी भण्डारीसँग सङ्घीय संसद् तथा सातै प्रदेशका सभामुख र उपसभामुखले प्रदेश सञ्चालनका लागि कर्मचारीको दरबन्दी...
नेपाल –भारत संयुक्त कृषि कार्यसमूहको बैठकमा कृषि तथा पशुपक्षी क्षेत्रको विकासमा सहकार्य, कृषि अनुसन्धान तथा विकास,...