प्रभावितलाई क्षतिपूर्ति दिन जलविद्युत् आयोजनाको सहमति

  • admin March 22, 18 7:57 am
  • Comments
  • 145 Views

तल्लो सोलुखोला जलविद्युत् आयोजना क्षेत्रका स्थानीयवासीले क्षतिपूर्ति पाउने भएका छन् । प्रभावित क्षेत्रका नागरिकको खेतीबालीमा पुगेको क्षति मूल्यांकन गरी प्रति रोपनी २५ हजारका दरले आयोजनाको तर्फबाट सम्बन्धित जग्गाधनीलाई रकम प्रदान गर्ने सहमति भएको छ ।
सोलुखुम्बुको सोलुदूधुकण्ड नगरपालिका–११ मा निमार्णाधीन ८२ मेगावाट क्षमताको तल्लो सोलु खोला जलविद्युत् आयोजना र प्रभावित क्षेत्रका स्थानीयवासीबीच आज भएको छलफलपछि लिखित सहमति भएको छ । जलविद्युत् आयोजनाको काम गर्ने क्रममा खेतीयोग्य जमिनमा क्षति पुगेको तथा विभिन्न रासायनिक पदार्थको प्रयोगबाट माटोको उर्वरा शक्तिमा असर परेको दाबी गर्दै स्थानीयवासीले क्षतिपूतिको माग गरेका थिए ।
जिल्ला प्रशासन कार्यालय हुँदै नगरपालिकाको कार्यालयमा समेत सहयोग माग गरेपछि बुधबार हाइड्रोपावरका प्रतिनिधि, स्थानीयवासी प्रभावित र जनप्रतिनिधिबीचको छलफलपछि क्षतिपूर्ति दिने सहमति भएको नगरपालिकाले जानकारी दिएको छ । क्षतिको मूल्याकंन तथा माटोको परीक्षण गरी प्रभावित यकिन गर्न सोलुदूधकुण्ड नगरपालिकाले प्राविधिक खटाउने भएको छ । नगरपालिकाबाट प्राविधिक खटाएर २० दिनभित्र क्षतिको मूल्याकन गरी प्रभावितलाई क्षतिपूर्ति दिने निर्णय गरिएको हो ।

  • न्युज

न्युज

नबिकेपछि सिमेन्ट सित्तैमा

गुणस्तरिय उत्पादन भन्दा पनि बढी एस्पोजर खोज्ने सामान बिक्न छोडे पछि सित्तैमा दिएको उदारण कहिले काही...

लिभरपुलको लगातार दोस्रो जित

इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लगातार दोस्रो जित हात पारेको छ। सिजनको आफ्नो दोस्रो खेलमा लिभरपुलले सोमबार...

जापानी कार कम्पनी निसानले चीनमा ९० करोड डलरको लगानी गर्ने

जापानी कार निर्माता निसानले चीनमा ९० करोड डलर लगानी गर्ने भएको छ। उसले चीनमा आफ्नो नयाँ...

राजनीति कर्मचारी दरबन्दी र मर्यादाक्रमबारे राष्ट्रपतिलाई जानकारी

राष्ट्रपति विद्यादेवी भण्डारीसँग सङ्घीय संसद् तथा सातै प्रदेशका सभामुख र उपसभामुखले प्रदेश सञ्चालनका लागि कर्मचारीको दरबन्दी...

नेपाल–भारत संयुक्त कृषि कार्यसमूहको सातौं बैठक

नेपाल –भारत संयुक्त कृषि कार्यसमूहको बैठकमा कृषि तथा पशुपक्षी क्षेत्रको विकासमा सहकार्य, कृषि अनुसन्धान तथा विकास,...