- 977-1-5188255,
- homelandmedia7@gmail.com
काठमाडौं उपत्यकामा बन्ने नयाँ शहरको विस्तृत अध्ययन रिर्पोट (डीपीआर) फिनल्याण्डको कम्पनीले बनाउने भएको छ । काठमाडौं जिल्लाको १ लाख रोपनी जग्गामा बन्ने नयाँ शहरको डीपीआर बनाउनका लागि फिनल्याण्डको हेलेन एण्ड को आर्टिटेक जेभी छनोट भएको छ ।
काठमाडौं उपत्यकामा बढ्दै गएको अवस्थित शहरीकरणलाई व्यवस्थित बनाउनका लागि नयाँ शहर बनाउने योजना ल्याएको हो । काठमाडौं उपत्यका विकास प्राधिकरणले उपत्यकाका ४ स्थानमा नयाँ शहर बनाउने प्रक्रिया अनुसार डीपीआर बनाउने काम अघि बढाएको छ ।
प्राधिकरणले काठमाडौं जिल्लाको १ लाख रोपनी जग्गामा बन्ने नयाँ शहरको नाम काठमाडौं ईसान राखेको छ । नयाँ शहर काठमाडौंको पूर्व–उत्तर क्षेत्र समेटेर निर्माण गरिने छ । पूर्वः भक्तपुरको नगरकोट जाने सडक, तेलकोट भन्ज्याङसम्म । पश्चिमः जोरपाटी क्रिकेट स्टेडियम, मुलपानी, गोठाटर हँदै मनोहरा पुल भक्तपुर जाने पुरानो बाटो । उत्तरः साँखु बजार र साँखु जाने मुल सडक । दक्षिणः भक्तपुर पुरानो बाटो (नेपाल सैनिक प्रतिष्ठान– खरिपाटी, देवोमिबा इतापाके जग्गा एकिकरण आयोजना, सिन्टीटार जग्गा एकिकरण आयोजना र दिव्यश्वरी जग्गा एकिकरण आयोजना बाहेकको क्षेत्रहरु मात्र) भित्रको करिब १ लाख रोपनी क्षेत्रफल जग्गामा नयाँ नगरको भौतिक विकास योजना तर्जुमा गर्नेछ ।

गुणस्तरिय उत्पादन भन्दा पनि बढी एस्पोजर खोज्ने सामान बिक्न छोडे पछि सित्तैमा दिएको उदारण कहिले काही...
इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लगातार दोस्रो जित हात पारेको छ। सिजनको आफ्नो दोस्रो खेलमा लिभरपुलले सोमबार...
जापानी कार निर्माता निसानले चीनमा ९० करोड डलर लगानी गर्ने भएको छ। उसले चीनमा आफ्नो नयाँ...
राष्ट्रपति विद्यादेवी भण्डारीसँग सङ्घीय संसद् तथा सातै प्रदेशका सभामुख र उपसभामुखले प्रदेश सञ्चालनका लागि कर्मचारीको दरबन्दी...
नेपाल –भारत संयुक्त कृषि कार्यसमूहको बैठकमा कृषि तथा पशुपक्षी क्षेत्रको विकासमा सहकार्य, कृषि अनुसन्धान तथा विकास,...