सरकारले पुनर्निर्माण कोष खारेज गर्ने तयारी

  • admin March 28, 18 6:00 am
  • Comments
  • 111 Views

लामो समय बितिसक्दा पनि उपयोगमा नआएपछि सरकारले पुनर्निर्माण कोष खारेज गर्ने तयारी गरेको छ । आवश्यक बजेट नियमित प्रक्रियाबाटै आइरहेको र कोष सञ्चालनको कार्यविधि बन्न नसकेकाले पुनर्निर्माण कोष खारेज गर्न लागिएको हो ।
सरकारले भूकम्प गएलगत्तै पुनर्निर्माणको कामलाई गति दिन आवश्यक रकमको जोहो र खर्च गर्न कोष स्थापना गरेको थियो । पहिलो वर्ष उक्त कोषमा रकम जम्मा भएको थियो । आर्थिक वर्ष २०७२र७३ मा कोषमा करिब २८ अर्ब रुपैयाँ रकम जम्मा भएको प्राधिकरण बताउँछ । भूकम्पबाट प्रभावित संरचनाको पुनर्निर्माणसम्बन्धी ऐन २०७२ मा प्राधिकरणका लागि छुट्टै कोष रहने व्यवस्था गरेको थियो ।
कोषको परिचालन गर्ने कार्यविधि नै ल्याउन नसकेपछि २८ अर्ब रकम त्यत्तिकै छ । कोष परिचालन गर्न पुनर्निर्माण कोष व्यवस्थापन तथा सञ्चालन कार्यविधि २०७३ जारी गर्ने तयारी गरेता पनि त्यसले मूर्त रुप पाउन सकेन । सञ्चालन सम्बन्धमा अन्योल भएपछि पुनर्निर्माण कोषमा दुई वर्ष यता रकम जम्मा भएको छैन ।

  • न्युज

न्युज

नबिकेपछि सिमेन्ट सित्तैमा

गुणस्तरिय उत्पादन भन्दा पनि बढी एस्पोजर खोज्ने सामान बिक्न छोडे पछि सित्तैमा दिएको उदारण कहिले काही...

लिभरपुलको लगातार दोस्रो जित

इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लगातार दोस्रो जित हात पारेको छ। सिजनको आफ्नो दोस्रो खेलमा लिभरपुलले सोमबार...

जापानी कार कम्पनी निसानले चीनमा ९० करोड डलरको लगानी गर्ने

जापानी कार निर्माता निसानले चीनमा ९० करोड डलर लगानी गर्ने भएको छ। उसले चीनमा आफ्नो नयाँ...

राजनीति कर्मचारी दरबन्दी र मर्यादाक्रमबारे राष्ट्रपतिलाई जानकारी

राष्ट्रपति विद्यादेवी भण्डारीसँग सङ्घीय संसद् तथा सातै प्रदेशका सभामुख र उपसभामुखले प्रदेश सञ्चालनका लागि कर्मचारीको दरबन्दी...

नेपाल–भारत संयुक्त कृषि कार्यसमूहको सातौं बैठक

नेपाल –भारत संयुक्त कृषि कार्यसमूहको बैठकमा कृषि तथा पशुपक्षी क्षेत्रको विकासमा सहकार्य, कृषि अनुसन्धान तथा विकास,...