बराहक्षेत्रमा २४ किलोमिटरको चक्रपथ निर्माण सुरु

  • admin March 29, 18 7:43 am
  • Comments
  • 157 Views

सुनसरीको धार्मिक पर्यटकीय करिडोर बराहक्षेत्र नगरपालिकामा २४ किलोमिटरको चक्रपथ निर्माण सुरु भएको छ ।
नगरपालीकाको सालबनी बीचपानी चक्रपथ निर्माणका लागि दुव्याही माथिल्लो जमटोकी सडक निर्माण सुरु भएको छ । नगरको गौरवको योजनाअन्तर्गत दुई करोड ७५ लाखको बजेटमा सुरु भएको चक्रपथ योजनाले बराहक्षेत्रका सयौँ घरधुरिहरु पक्की सडक पहुँचमा जोडिने नगरपालीकाले जनाएको छ ।
उपभोक्ता समितिमार्फत पहिलो चरणमा सुरु भएको चक्रपथको काम ४ नं. वडाबाट सुरु गरिएको उपभोक्ता समितिले जानकारी दिएको छ । १५ मिटर चौडा सडकखण्ड पहिलो चरणमा ६.८ किलोमिटर निर्माण सम्पन्न गरिने छ । स्थानीवासीले चक्रपथका लागि १५ फुट बढी जग्गा दिएका छन । स्थानीयवासीले १३ लाख ३१ हजार १ सय ५४ रुपैयाँ बराबरको श्रमदान पनि गरेका छन् । चक्रपथ निर्माणका लागि स्थानीयवासीले ४ वटा उपभोक्ता समिति निर्माण गरी काम सुरु गर्ने बताएका छन् ।

 

  • न्युज

न्युज

नबिकेपछि सिमेन्ट सित्तैमा

गुणस्तरिय उत्पादन भन्दा पनि बढी एस्पोजर खोज्ने सामान बिक्न छोडे पछि सित्तैमा दिएको उदारण कहिले काही...

लिभरपुलको लगातार दोस्रो जित

इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लगातार दोस्रो जित हात पारेको छ। सिजनको आफ्नो दोस्रो खेलमा लिभरपुलले सोमबार...

जापानी कार कम्पनी निसानले चीनमा ९० करोड डलरको लगानी गर्ने

जापानी कार निर्माता निसानले चीनमा ९० करोड डलर लगानी गर्ने भएको छ। उसले चीनमा आफ्नो नयाँ...

राजनीति कर्मचारी दरबन्दी र मर्यादाक्रमबारे राष्ट्रपतिलाई जानकारी

राष्ट्रपति विद्यादेवी भण्डारीसँग सङ्घीय संसद् तथा सातै प्रदेशका सभामुख र उपसभामुखले प्रदेश सञ्चालनका लागि कर्मचारीको दरबन्दी...

नेपाल–भारत संयुक्त कृषि कार्यसमूहको सातौं बैठक

नेपाल –भारत संयुक्त कृषि कार्यसमूहको बैठकमा कृषि तथा पशुपक्षी क्षेत्रको विकासमा सहकार्य, कृषि अनुसन्धान तथा विकास,...