अख्तियारमा छानबिन प्रयोगशाला स्थापना

  • admin April 1, 18 7:40 am
  • Comments
  • 106 Views

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विकास निर्माणका आयोजनामा हुने भ्रष्टाचार छानबिनलाई वैज्ञानिक र प्रभावकारी बनाउन सिभिल इन्जिनियरिङ प्रयोगशाला स्थापना गरेको छ ।
सार्वजनिक निर्माण, सडक र भवनलगायतको परीक्षणका लागि स्थापना गरिएकाले कुनै पनि आयोजनामा अनियमितता गर्ने व्यक्तिले अब उन्मुक्ति पाउन नसक्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । अख्तियारले प्रयोगशालामा अनियमितताको आवाज उठेका र आशंकामा परेका सबै विकास निर्माणका आयोजना परीक्षण गरी निर्माण सामग्री गुणस्तरीय भए नभएको, मापदण्डअनुसार काम भए–नभएको छानबिन गर्नेछ ।
अख्तियारले प्रयोगशालासँगै विकास निर्माणका काम परीक्षणका लागि दक्ष जनशक्ति एवं अनुसन्धान टोलीसमेत तयार गरिएकोे छ । अन्तर्रा्ष्ट्रिय मापदण्डअनुरूपका आधुनिक प्रविधियुक्त औजार अनुसन्धान कार्यमा प्रयोग गर्नसमेत थालिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बताएको छ ।

 

  • न्युज

न्युज

नबिकेपछि सिमेन्ट सित्तैमा

गुणस्तरिय उत्पादन भन्दा पनि बढी एस्पोजर खोज्ने सामान बिक्न छोडे पछि सित्तैमा दिएको उदारण कहिले काही...

लिभरपुलको लगातार दोस्रो जित

इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लगातार दोस्रो जित हात पारेको छ। सिजनको आफ्नो दोस्रो खेलमा लिभरपुलले सोमबार...

जापानी कार कम्पनी निसानले चीनमा ९० करोड डलरको लगानी गर्ने

जापानी कार निर्माता निसानले चीनमा ९० करोड डलर लगानी गर्ने भएको छ। उसले चीनमा आफ्नो नयाँ...

राजनीति कर्मचारी दरबन्दी र मर्यादाक्रमबारे राष्ट्रपतिलाई जानकारी

राष्ट्रपति विद्यादेवी भण्डारीसँग सङ्घीय संसद् तथा सातै प्रदेशका सभामुख र उपसभामुखले प्रदेश सञ्चालनका लागि कर्मचारीको दरबन्दी...

नेपाल–भारत संयुक्त कृषि कार्यसमूहको सातौं बैठक

नेपाल –भारत संयुक्त कृषि कार्यसमूहको बैठकमा कृषि तथा पशुपक्षी क्षेत्रको विकासमा सहकार्य, कृषि अनुसन्धान तथा विकास,...